• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

यू-१९ विश्वकप: पाकिस्तानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने



EAST LONDON, SOUTH AFRICA – JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौ‌ । आइसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर नेपालका कप्तान देव खनालले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो । पाकिस्तानले भने अफगानिस्तानलाई हराएको थियो ।

यू-१९ क्रिकेट विश्वकपमा हालसम्म नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएको छ । जसमा नेपाल र पाकिस्तानले एक एक खेल जितेको छ भने एक खेल अनिर्णित भएको छ ।

नेपालको प्लेइङ ११:
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान(, उत्तम थापा मगर (विकेटकिपर), गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता ।