• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

ताचै घरबासको आकर्षणको केन्द्र थोङ्रो पिली झरना



मनाङ : हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र पर्यटकीय रुपमा महत्वपूर्ण छ । पर्यटकको बसोबासका लागि यहाँको वातावरण र प्राकृतिक सौन्दर्यताले अझ आकर्षित गर्ने गर्दछ । नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे) पर्यटकको बसोबासका लागि उपयुक्त मानिन्छ ।

घरबास नजिकै रहेको थोङ्रो प्ली झरना घरबासको आकर्षणको केन्द्र बनेको छ । यस झरनाले घरबासको शोभा थपिदिएको स्थानीयको भनाइ छ । पर्यटकीय महत्वको रुपमा रहेको यस झरनाको प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयको जोड छ ।

यहाँबाट देखिने हिमाल, उच्च पहाडका दृश्य, ताल, झरना, मनाङीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटक मनाङ आउँछन् । धेरैजसो पर्यटक सिधै जिल्ला सदरमुकाम चामे भएर तिलिचो ताल जान थालेका छन् । जसले गर्दा यहाँको रमणीय प्रवद्र्धन गर्नुपर्ने देखिएको छ ।

जिल्लाको प्रवेशद्वार नजिकै रहेपनि प्रचारप्रसार अभावले यो थोङरो प्ली झरना ओझेलमा परेको स्थानीय यज्ञ घले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसको प्रचारप्रसार गरी देशविदेशसम्म पुर्‍याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित सकिन्थ्यो । स्थानीयसँगै पर्यटनसँग सम्बन्धित निकाय साथ र सहयोग आवश्यक छ ।”

मुलुकमा लोकतन्त्र गणतन्त्र आयो केही परिवर्तनका सूचकहरू पनि देखिए तर सरकार नै आर्थिक समृद्ध हुने महत्वपूर्ण पर्यटकीय स्थलप्रति सरकारको ध्यान जान नसक्दा ओझेलमा परेकाले स्थानीय चिन्तित बनेका वडा नम्बर ८ का वडाध्यक्ष याद घले बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “ताचै गाउँको शिरमा रहेको सुन्दर झरनाबाट आठ वटा गाउँ देख्न सकिन्छ”, वडाध्यक्ष घले भन्नुहुन्छ, “पर्यटन मन्त्रालयबाट केही बजेट लिएर संरचना र रेलिङ बनाउने कार्य भएको छ । अझै बाटो पुर्‍याउने कार्य अधुरै छ ।” उहाँले यसलाई दृश्यावलोकनको केन्द्र बनाएर गाउँमा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य अगाडि बढाइएको बताउनुभयो ।

पर्यटन तथा प्रकृतिको उपयोग गरी वडा–८ का स्थानीयको जीवनस्तर उकास्ने हेतुले कार्य गरिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “तल सुन्दर गाउँबस्ती यसको शिरमा झरना यही हो ताचैको पहिचान ।” होमस्टे पनि रहेको ताचैमा कसैको ध्यान नजानु दु:खद कुरा हो । वडाध्यक्ष घले भन्नुहुन्छ, “पालिकाको बजेटले केही गर्न सकिँदैन । सङ्घ सरकार यस्ता महत्वपूर्ण विषयमा चुकेका छन् । पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनमा लाग्नुपर्छ । हाम्रो जोडदार माग पनि छ । यसको विकास विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिकालाई मात्र होइन देशकै आम्दानीको स्रोत बन्नेछ ।”

हुन त अहिले बाह्य पर्यटक ठप्प जस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी नभएको उहाँ बताउनुहुन्छ । अन्नपूर्ण पदमार्गमा सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक भित्रिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानी मनाङले जनाएको छ ।

एक्याप धारापानी केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले आन्तरिक पर्यटकको कुनै तथ्याङ्क नराखिएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय सिजनमा बाह्य भन्दा आन्तरिक पर्यटक नै बढी आउँछन् । यिनै आन्तरिक पर्यटकमध्ये १० प्रतिशत मात्रैलाई पनि थोङरो प्ली झरना लैजान सके ताचैको मुहार फेरिनुका साथै यहाँको प्रवद्र्धन हुने थियो ।रासस