११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा एक घर जलेर नष्ट



अ+ अ-

ताप्लेजुङ । फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।  घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । 
 
एक्लै बस्दै आउनुआएका लिम्बूको आगलागीबाट रु  ८० हजार, रु ३० हजार बराबरको अन्नपात र  लत्ताकपडालगायत सामान र करीब रु एक लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुलेको छैन । रासस