• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   चुरे दिवस: कसले सुन्ला चुरेका कुरा ? ★   “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” प्रतिनिधि सभामा प्रश्तुत ★   मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ ★   तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य ★   सुदूरपश्चिममा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने ★   चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको सहकार्य अपरिहार्य: प्रधानमन्त्री ★   दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान ★   कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ? ★   नगरसभाको बैठक स्थगित भएपछि बालेनको आक्रोश– नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला ★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

राम मन्दिरको नयाँ मूर्तिको नाम के राखियो ?



अयोध्या । अयोध्याको राम मन्दिरमा स्थापित भगवान रामको नयाँ मूर्तिको नामाकरण गरिएको छ । जसअनुसार नयाँ मूर्ति ‘बालकराम’को नामले चिनिनेछन् ।

जनवरी २२ (सोमबार) प्राण प्रतिष्ठामा सहभागी पुजारी अरुण दीक्षितका अनुसार नयाँ मूर्तिलाई बालकराम नाम दिनुको कारण भगवान् ५ वर्षको उमेरका बालकजस्तै देखिनु हो ।

वाराणसीका बासिन्दा अरुण दीक्षितले भने – जब मैले पहिलो पटक मूर्ति देखेँ, मेरो खुशीको सीमा रहेन । मेरो आँखामा खुसीका आँसु बग्न थाले । त्यतिबेलाको अनुभूति म शब्दमा व्यक्त गर्न सक्दिनँ ।

उनले अहिले सम्म ५०-६० वटा ठूला अभिषेकमा संलग्न भएपनि यो आफ्नो जीवनको सबैभन्दा अलौकिक, दिव्य र उत्कृष्ट कार्यक्रम भएको बताए । प्रतिमाको पहिलो झलक जनवरी १८ मा पाएको दीक्षितले बताए ।

सोमबार अर्थात २२ जनवरीमा रामलल्लाको अभिषेक पूजामा प्रधानमन्त्री मोदी र आरएसएस प्रमुख मोहन भागवत सहित ६ अतिथिहरू सहभागी भए । त्यसपछि मोदीले करिब ३५ मिनेटको भाषण दिए ।

प्रधानमन्त्रीले भने–केहीले भनेका थिए राम मन्दिर बनेमा आगो लाग्छ । राम मन्दिरले आगोलाई होइन उर्जालाई जन्म दिएको छ ।