४ आश्विन २०८१, शुक्रबार
,
Latest
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि लोमान्थाङमा स्याउ खेती हुन थाल्यो अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (तस्बिरहरू) ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको अभाव झेल्दै खानेपानी संस्थान वीरगञ्ज



अ+ अ-

वीरगञ्ज । लामो समयदेखि दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको कार्यालय प्रमुख इञ्जिनियर निरण महर्जनले जानकारी दिनुभयो ।

कार्यालयमा प्रमुखसहित ५२ जना कर्मचारीको दरबन्दी भए पनि हाल कार्यालय प्रमुखसहित १३ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयमा एक जना कार्यालय प्रमुख, लेखा शाखातर्फ एक जना सहायक लेखा अधिकृत, एक जना वरिष्ठ सहायक लेखापाल, सहायक लेखापाल चार जना, कनिष्ठ लेखापाल दुई जना, प्रशासनतर्फ एक जना शाखा अधिकृत, दुई जना सहायक शाखा अधिकृत, एक जना वरिष्ठ सहायक, चार जना सिनियर मिटर रिडर, दुई जना कार्यालय सहायक, पाँच जना मिटर रिडर, दुई जना सवारी चालक र चार जना कार्यालय सहयोगीको दरबन्दी भए पनि हाल कार्यालय प्रमुख ई महर्जन, एक जना वरिष्ठ सहायक लोखापाल, एक जना कनिष्ठ सहायक, एक जना सिनियर मिटर रिडर र दुई जना मिटर रिडरका रुपमा कार्यरत रहनुभएको छ ।

यस्तै सो कार्यालयको इञ्जिनियरिङ शाखातर्फ एक जना इञ्जिनियर र सहायक प्राविधिक अधिकृतको दरबन्दी भए पनि ती दुबै पद रिक्त रहेको प्रमुख ई महर्जनले बताउनुभयो । त्यस्तै उत्पादन तथा गुणस्तर शाखातर्फ एक जना केमिष्ट, एक जना सव इञ्जिनियर, १५ जना पम्प सञ्चालक, दुई जना स्याम्प्लर, तीन जना हेल्पर, दुई जना हेरालुको दरबन्दी भए पनि हाल हेरालु एक जना बाहेक सबै पद रिक्त रहेको सो कार्यालयले जनाएको छ ।

वितरण शाखातर्फ एक जना सव इञ्जिनियर, दुई जना सिनियर प्लम्बर, आठ जना कार्यालय सहयोगी र आठ जना कार्यालय सहयोगीको दरबन्दी भएकोमा हाल एक जना सिनियर प्लम्बर र चार जना कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

दरबन्दी अनुसारको कर्मचारी नआउँदा दैनिक ज्यालादारीमा कर्मचारी राखेर कार्यालयको कामकाज सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ई महर्जनको भनाइ छ । तर बजेट अभावमा गत पुस १ गतेदेखि १३ जना दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाएर अहिले १० जना ज्यालादारी कर्मचारीबाट जेनतेन कार्यालयको कामकाज सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहँुदा सेवाग्राहीलाई सेवा प्रदान गर्न, प्रशासनिक टिप्पणी उठाउने, कम्प्युटरसम्बन्धी काम, कार्यालयको कार्यसम्पादन विश्लेषण र खानेपानीको धारा मर्मतलगायतको काम प्रभावित हुँदै आएको कार्यालय प्रमुख ई महर्जनको कथन छ । सीमित जनशक्तिका बाबजुद कार्यालयको कामसँगै सेवाग्राहीको गुनासो सुन्ने र समस्या समाधानका लागि निरन्तर काम गर्दै आएको उहाँको भनाइ छ ।

कार्यालयमा देखिएको जनशक्ति अभावबारे संस्थानको केन्द्रीय कार्यालयसहितको निकायमा पटक–पटक जानकारी गराएर कर्मचारी माग गरेपनि हालसम्म पदपूर्ति नभएको उहाँले बताउनुभयो । रासस