• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

आजपनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार स्थिर रहेको सुनको मूल्य आज पनि यथावत रहि आईतबार कै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबारदेखि सुन यही मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला २० रूपैयाँले घटेर ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।