२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

कोरोना जोखिमले आनीबानीमा सुधार

कोरोना जोखिमले आनीबानीमा सुधार
अ अ+ अ-

कैलाली । धनगढी उपमहानगरपालिकाका वीरबहादुर खाती कोरोनाको समस्यापछि बजारमा पाइने खाजा खान डराउनुहुन्छ । खानै परेमा धुलोधुवाँ नभएको र सरसफाइ भएको होटेलमा पुगेर एक्लै खाजा खानुहुन्छ । “कोरोनाले स्वास्थ्यप्रति सजगता अपनाउन सचेत गराएको छ”, स्थानीय एक होटेलमा भेटिनुभएका उहाँले भन्नुभयो, “छरछिमेकका कतिपय व्यक्ति पनि आफ्नो सरसफाइमा सचेत देखिन थालेका छन् ।”

प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारी सुरज श्रेष्ठ घरबाहिर बजारमा पाइने ‘ड्राई फुड’ खाजा खानुहुन्न भन्ने चेतना सर्वसाधारणमा बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “घरबाहिर पाइने ड्राई फुडजस्ता चीज खानुहुन्न भन्ने चेतना जागेको छ, कतिपय युवायुवतीमा पछिल्ला दिनमा मास्क लगाउनमा बेवास्ता गर्ने गरिएको देखिए पनि बुझेका सबैले मास्क लगाउन छाडेका छैनन् ।” महामारीका रुपमा देखिएको कोरोना भाइरसले उद्योग, व्यापार, व्यवसायलगायत सबै क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ । यो रोगको समस्यासँगै अधिकांश मानिसको आनीबानी भने फेरिन थालेको देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला महिनामा घट्दो क्रममा छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिम नघटिसकेकाले सङ्क्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतनाका साथै दश दिन क्वारेन्टिनमा बस्न सल्लाह दिने गरेका छौँ ।”

प्रदेशमा हालसम्म कोरोना भाइरसका शङ्कास्पद कूल एक लाख ३७ हजार ३९२ जनाको पिसिआर पद्धतिबाट स्वास्थ्य जाँच हुँदा १४ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये १३ हजार ८५८ जना उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ ।

पछिल्ला महिनामा कोरोना भाइरसको नमूना सङ्कलन र परीक्षण सुस्त भएसँगै सङ्क्रमण हुने दरमा पनि कमी आएको छ । लक्षण देखिएको व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन र परीक्षण गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ ।

गत पुसमा एकजना सङ्क्रमितको मृत्यु भई जम्मा मृतकको सङ्ख्या ५६ पुगेकामा त्यसयता यो रोगका कारणले हुने मृत्यु दर शून्य छ । होम आइसोलेशन र प्रदेश बाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । हाल प्रदेशमा कोरोनाका १५२ सक्रिय केस होम आइसोलेशनमा बसेका छन् । सङ्क्रमित चार बिरामीमध्ये दुईको महाकाली अस्पताल, एकको जोगबुढा अस्पताल र एकको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । 

सङ्क्रमण दर घट्दा कोभिड–१९ को उपचार व्यवस्थापनका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको कोरोना अस्पतालका श्यया खाली छन् । कोरोनाविरुद्धको खोप नेपाल सरकारले सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराएको पहिलो र दोस्रो चरणमा गरी आजसम्म एक लाख ३७ हजार ९५० जनालाई दिइसकिएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

पहिलो चरणमा कोभिड–१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइएको थियो । दोस्रो चरणमा हाल ५५ वर्षमाथिका व्यक्तिलाई यो खोप दिन थालिएको छ । 

खोपबाट हुन सक्ने सम्भावित असरको व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा चिकित्सकसहितको टोलीको व्यवस्था गरिएको छ । कम्तीमा पनि प्रत्येक पालिकामा कम्तिमा एक खोप केन्द्रको व्यवस्थापन गरी खोप लगाउने काम भइरहेको छ । खोपको उपलब्धताका आधारमा अन्य उमेर समूहका व्यक्तिलाई पनि यो खोप लगाउने तयारी भइरहेको छ ।

खोप लगाइसकेपछि कतिपयलाई स्वास्थ्यमा समान्य जटिलता उत्पन्न भइरहेको देखिएको छ । “खोप लगाउँदा स्वास्थ्यमा हुन सक्ने जोखिमबाट कतिपय डराउन थालेका छन्”, स्थानीयवासी लेखराज ओझाले भन्नुभयो, “आफू पनि खोप लगाउने कि नलगाउने भन्नेमा अन्योलमै छु ।” 

चिकित्सकहरु भने विश्व स्वास्थ्य सङ्गठन र नेपालको स्वास्थ्य सेवा विभागले स्वीकृत गरिसकेको ‘कोभिशिल्ड’ खोप ढुक्क भएर लगाउन सकिने सुझाव दिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम टरेको छैन । कतिपयमा आनीबानी फेरिन थाले पनि तोकिएको मास्क लगाउनेहरु कम हुँदै जाँदा कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको हो । सिद्धराज भट्ट/रासस