९ माघ २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामलल्लाको मूर्ति कुन ढुङ्गाबाट बनाइएको हो ?



अ+ अ-

एजेन्सी । अन्ततः आज त्यो दिन आयो जसको लागि शताब्दीयौंदेखि रामलल्लाका भक्तहरू पर्खिरहेका थिए । आज अर्थात २२ जनवरीमा अयोध्याको मुख्य मन्दिरमा रामलल्लाको विराजमान भएको छ ।

आज दिउँसो १२ बजेर २९ मिनेट ०८ सेकेण्डदेखि १२ बजेर ३० मिनेट ३२ सेकेण्डसम्म मूर्ति अभिषेकको विशेष शुभ समय तोकिएको थियो ।

यसैबीच, प्राणप्रतिष्ठाको पूजाका क्रममा भगवान रामको मूर्तिमा उनी कालो ढुङ्गाबाट बनेको बालरूपमा देखिएका छन् । यस्तो अवस्थामा धेरैको मनमा प्रश्न उठिरहेको छ कि रामलल्लाको मूर्ति किन कालो छ ?

रामललाको मुर्ति निकै सुन्दर छ । यस मूर्तिमा रामलल्लालाई निधारमा तिलक लगाएर धेरै कोमल मुद्रामा देख्न सकिन्छ । रामलालाको अनुहारमा मुस्कान देखिन्छ जसले भक्तहरूलाई मोहित बनाउँछ । उनको मुर्ति कालो रङको श्याम शिलाबाट बनेको छ । यसकारण पनि रामलल्लाको मूर्ति कालो रंगको छ । यो कालो ढुङ्गालाई कृष्ण शिला भनिन्छ । शास्त्रमा रामलल्लाको मूर्ति बनाइएको कृष्ण चट्टानलाई विशेष मानिएको छ ।

जुन कालो चट्टानबाट भगवान रामको मूर्ति बनाइएको छ, त्यो हजारौं वर्ष पुरानो हो । मूर्तिलाई पानीले हानि हुँदैन । चन्दन, रोली आदि लगाउँदा मूर्तिमा कुनै असर नहुने बताइएको छ ।

रामलल्लाको मूर्तिमा पाँच वर्षको बालकको कोमलता देखिन्छ । यस मूर्तिमा बाल्यकाल, देवत्व र राजकुमारको चित्र देखिन्छ । मूर्तिको तौल करिब २ सय किलो रहेको छ । यसको कुल उचाइ ४.२४ फिट छ, जबकि यसको चौडाई तीन फिट छ । मुर्ति कमलको फूलमा उभिएको मुद्रामा छ, जसको हातमा धनु र बाण छ । कृष्ण शैलीमा मूर्ति बनाइएको छ ।

रामलल्लाको मूर्तिमा स्वस्तिक, ओम, चक्र, गदा र सूर्य देवता विराजमान छन् । रामललाको वरिपरि आभा छ । भगवान रामको पाखुरा घुँडा जत्तिकै लामो छ । टाउको सुन्दर, आँखा ठूलो र निधार भव्य छ । उनको दाहिने हात आशीर्वाद मुद्रामा छ । मूर्तिमा भगवान विष्णुका १० अवतार देखिन्छन् । मूर्तिको मुनि भगवान रामका परम भक्त हनुमान जी को एक तर्फ कुँदिएको छ भने अर्को तर्फ गरुड जी को कुँदिएको छ ।