१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेनुका पौडेल इण्डियन आइडलको टप टेनमा प्रवेश



अ+ अ-

काठमाडौँ । गायिका मेनुका पौडेलले इण्डियन आइडलको अन्तिम १० मा स्थान बनाएकी छन् । आइतबार बेलुका प्रसारित एपिसोडबाट उनी उत्कृष्ट १० पुगेकी हुन् । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबार एपिसोडमा भएको थियो ।

यता, बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिएकी छन् । यो एपिसोडमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फाइटर’को प्रमोसनका लागि अभिनेता ऋतिक रोशन समेत पुगेका थिए ।

ऋतिक अभिनीत फिल्मका गीत गाएर एपिसोडलाई विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नृत्य पस्केर रमाइलो समेत गरे ।

मेनुकाले सुरुको समय देखिनै प्रतियोगितामा जज तथा अतिथिको मन जित्दै आएकी छन् । अडिसनमा गोल्डेन माइक जितेकी मेनुकालाई यो सिजनको उपाधि दाबेदारका रुपमा समेत हेरिँदै आएको छ ।