४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । शुक्रवार देशभर ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा २५१२ मा पिसिआर गर्दा ४८ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेका अनुसार पछिल्लो २४ घन्टामा ६१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार १७७ पुगेको छ। मुलुकभर ९ सय २९ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ। हालसम्म नेपालमा २२ लाख १० हजार ४ सय ३४ पीसीआर परीक्षण भएका छन् ।

कोरोनाबाट निको हुनेको दर ९८. ६ प्रतिशत पुगेको छ।