२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता

राम मन्दिरको प्राण प्रतिष्ठामा को-को सेलिब्रेटी पुगे ?

राम मन्दिरको प्राण प्रतिष्ठामा को-को सेलिब्रेटी पुगे ?
अ अ+ अ-

एजेन्सी । भगवान श्रीरामको स्वागतका लागि अयोध्या शहर तयार छ । लामो प्रतिक्षापछि आज रामलल्लाको मूर्तिलाई अभिषेक गरिएको छ ।

राजनीति र व्यापार जगतका सबै ठूला व्यक्तित्वहरू श्रीरामको नगरी पुगेका छन् । उनीहरु बाहेक बलिउड र साउथ इन्डस्ट्रीका धेरै स्टारहरु पनि अयोध्या पुगेका छन् ।

तस्बिरमा हेर्नुस् स्टारहरुः


प्राण प्रतिष्ठा समारोहमा विक्की कौशल र कट्रिना कैफ सुन्दर देखिएका छन् । कट्रिना सुनौलो रंगको साडीमा देखिएकी थिइन् भने विक्की कौशलले सेतो रंगको कुर्ता पजामा लगाएका छन् ।

कार्यक्रममा साउथ सुपरस्टार रजनीकान्त पनि पुगेका छन् । अभिनेता श्री रामजन्मभूमि मन्दिर परिसरमा प्राण प्रतिष्ठामा सहभागी हुन पुगेका हुन् । उनी बाहेक साउथ सुपरस्टार रामचरण पनि देखिएका छन् ।

कार्यक्रममा सहभागी हुन ‘तारक मेहता का उल्टा चश्मा’ नायक शैलेश लोढा पनि पुगेका छन् । उनी अभिषेक समारोहमा सहभागी हुन कारमा गएका थिए । यस्तै, अभिनेत्री कंगना रनावत पनि समारोहमा पुगेका छन् । उनी सुन्दर देखिएकी छन् । चर्चित गायक हरिहरन पनि अयोध्या पुगेका छन् । बिस्तारै सबै स्टारहरु कार्यक्रम स्थलमा पुगेका छन् ।

अमिताभ बच्चन र अभिषेक बच्चन पनि अयोध्या धाम पुगिसकेका छन् र दुबै स्टार पनि कार्यक्रम स्थलमा पुगेका छन् । दुबैको तस्बिर श्री राम मन्दिर परिसरबाट बाहिर आएको छ । तस्विरमा बिग बी र जुनियर बच्चन कुर्ता–पाजामा लगाएको देख्न सकिन्छ ।

सोनु निगम अयोध्याको रामलला प्राण प्रतिष्ठा समारोहमा परम्परागत पोशाकमा पुगेका थिए । सोनु निगमले आजको शुभदिनमा चौपैँयान गाएका छन्, जसलाई सुनेर त्यहाँ उपस्थित सबै रामभक्तहरू भक्तिमा डुबेका छन् । राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रममा गायक सोनु निगमले ‘राम सिया राम’ भजन प्रस्तुत गरेका थिए । उनी बाहेक शंकर महादेवनले पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा अभिनेता आयुष्मान खुराना पनि सहभागी भएका छन् ।