२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता

राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न
अ अ+ अ-

अयोध्या । अयोध्याको राम मन्दिरमा रामललाको प्राण प्रतिष्ठाको प्रक्रिया पूरा भएको छ । श्रीरामको मूर्ति पहिलो पटक देखिएको छ । यसअघि मोदीले मन्दिरको गर्भगृहमा पुगेर प्राणप्रतिष्ठा पूजाको शपथ लिएका थिए । त्यसपछि पूजा सुरु भयो ।

प्रधानमन्त्रीले रामललाको आँखाको पट्टी हटाएर हातमा कमलको फूल लिएर पूजा गरेका थिए । रामलला पीताम्बराले सजिएको छ । हातमा धनु र बाण लिएर बसेका छन् ।

भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन् । जसमा संघ प्रमुख मोहन भागवत, पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश(नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १०ः२५ बजे अयोध्या पुगेका थिए । आरतीको समयमा सबै पाहुनाहरूले घण्टी बजाउनेछन् । सेनाको हेलिकप्टरबाट अयोध्यामा पुष्पवृष्टि गरिएको थियो ।

सोमबार बिहान मंगल ध्वनीबाट कार्यक्रमको सुरुवात भएको थियो । बिहान १० बजेदेखि १८ राज्यका ५० वटा बाजा बजिरहेका छन् । अभिषेकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्ने मजदुरसँग भेट गर्नेछन् । त्यसपछि उनी कुबेरटिलामा गएर भगवान शिवको पूजा गर्नेछन् ।