• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन-चाँदीको मूल्य स्थिर रहि आईतबार कै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी आईतबारकै मूल्यमा यथावत रहि प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।