८ भाद्र २०८३, सोमबार
,
Latest
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुछारको अल्मेरियाविरुद्ध रियलको संघर्षपूर्ण जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले २१ खेलमै एक जित पनि निकाल्न नसकेको अल्मेरियालाई ३-२ गोलले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा दुई गोलले पछि परेको अवस्थामा रियलले कमब्याक गर्दै जित निकालेको हो ।

खेलको पहिलो मिनेटमा नै लार्जी रमाजानीले गोल गर्दै अल्मेरियालाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा एडगर गोन्जालेजले गोल गर्दै अल्मेरियाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा रियलले तीन गोल गर्यो । खेलको ५७ औं मिनेटमा जुड बेलिंघमले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काए । ६७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।

यता, खेल सकिनै लाग्दा ड्यानी कार्भाहालले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । जितसँगै २० खेलबाट ५१ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ । अल्मेरिया २१ खेलबाट ६ अंकका साथ पुछारमा छ ।