२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुछारको अल्मेरियाविरुद्ध रियलको संघर्षपूर्ण जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले २१ खेलमै एक जित पनि निकाल्न नसकेको अल्मेरियालाई ३-२ गोलले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा दुई गोलले पछि परेको अवस्थामा रियलले कमब्याक गर्दै जित निकालेको हो ।

खेलको पहिलो मिनेटमा नै लार्जी रमाजानीले गोल गर्दै अल्मेरियालाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा एडगर गोन्जालेजले गोल गर्दै अल्मेरियाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा रियलले तीन गोल गर्यो । खेलको ५७ औं मिनेटमा जुड बेलिंघमले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काए । ६७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।

यता, खेल सकिनै लाग्दा ड्यानी कार्भाहालले गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । जितसँगै २० खेलबाट ५१ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ । अल्मेरिया २१ खेलबाट ६ अंकका साथ पुछारमा छ ।