८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

संघबाट हटाए जनमत पार्टीका मन्त्रीहरूलाई आजै बर्खास्त गर्छुः मुख्यमन्त्री यादव

संघबाट हटाए जनमत पार्टीका मन्त्रीहरूलाई आजै बर्खास्त गर्छुः मुख्यमन्त्री यादव
अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्नुहुने भएको छ ।

सोमवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले सत्ता गठबन्धनले भने जनमत पार्टीलाई तत्काल सरकारबाट बर्खास्ती गर्ने बताउनुभएको हो । उहाँले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको बताउनु भयो । उहाँले प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सरकारबिरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरु राजीनामा नदिइ लाज पचाएर बसिरहेको बताउनु भयो ।

उहाँले जनमतका मन्त्रीहरुले मधेस विश्वविद्यालयका रजिष्टार र भिसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकको गठबन्धनको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जनमत पार्टीलाई संघ सरकारबाट हटाए आफू तत्काल प्रदेशको मन्त्रीहरुबाट पनि हटाइदिने बताउनु भयो ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । सो निर्वाचनमा केन्द्रिय सत्ता गठबन्धनका साझा उम्मेदवारबिरूद्ध गठबन्धनका घटकसमेत रहेको जनमत पार्टीले उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अस्वीकार गर्दै राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएपछि असन्तुष्ट दलहरूले जनमत अध्यक्ष डा.चन्द्रकान्त राउतलाई गठबन्धन बैठकमा बोलाउन छाडेका छन् । मधेस प्रदेश सरकारमा जनमत पार्टीमा शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह हुनुहुन्छ । —न्युज एजेन्सी नेपाल