८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

दशरथ रंगशालामा ओप्सको फुटबल र एथ्लेटिक्सका प्रतिष्पर्धा शुरु

दशरथ रंगशालामा ओप्सको फुटबल र एथ्लेटिक्सका प्रतिष्पर्धा शुरु
अ+ अ-

काठमाडौँ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना दशरथ रंगशालामा सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गतका दुई विधाका खेलहरू भइरहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार एथ्लेटिक्स र फुटबलका विद्यार्थीहरूले एकअर्काबिरुद्ध चुनौति प्रश्तुत गरे । खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको हाइजम्पम लालीगुराँस नेसनल एकेडेमीका दीपेन्द्र गिरी ब्वाइजमा र हिमरश्मिकी सुनिशा मिश्रले गल्र्समा स्वर्ण जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिष्पर्धामा दीपेन्द्रले १.४५ मिटर जम्प गरे । हिमरश्मिका आदर्श थिङ र फेरिल्यान्डका मदन गडाइली संयुक्त रुपमा दोस्रो भए । सुनिशाले १.२१ मिटर जम्प गरिन् । कौशलकी सेमिनु तमाङ दोस्रो तथा फेरिल्यान्डकी कृतिका कटुवाल तेस्रो बने । ब्वाइज एक सय मिटर दौडमा लालीगुराँसका सुदिप पाण्डे पहिलो भए ।

उनले १२.७२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । एन्जल्स हार्टका हिमसागर पुनमगर दोस्रो तथा हिमरश्मिका नवीन महत तेस्रो भए । उक्त स्पर्धाको गल्र्समा हिमरश्मिकी युनिशा पाठकले निर्धारित दूरी १५.५१ सेकेन्डमा पूरा गरी स्वर्ण जितिन् । कौशलकी सेमिनु तामाङले रजत तथा श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटाले कांस्य जिते । ब्वाइज ८ सय मिटर दौड २ मिनेट २४.३ सेकेन्डमा सकाएका लालीगुराँसका सुवास रावत शीर्ष स्थानमा रहे । विभूतिका अंकित श्रेष्ठ तथा न्यु एराका पेम्बा तामाङ क्रमशः दोस्रो र तेस्रो भए । सो स्पर्धाको गल्र्समा लालीगुराँसकै रोशिका गोथेले स्वर्ण चुमिन् ।

रोशिकाले निर्धारित दूरी तय गर्न ३ मिनेट ०२.९ सेकेन्ड समय खर्चिन् । श्रृजना ज्ञान सागरकी अनुषा अम्गाईंले रजत तथा कौशलकी सुजश्री विष्टले कांस्य जिते । लङजम्पको ब्वाइजमा श्रृजना ज्ञानसागरका रविन तामाङ पहिलो भए । उनी ५.६० मिटर उफ्रिए । एन्जल्स हार्टका हिमसागर पुन दोस्रो तथा कौशलका सलिन बानियाँ तेस्रो भए । सोही स्पर्धाको गल्र्समा हिमरश्मिकी ममता बराले पहिलो भइन् । ममताले ३.९३ मिटर जम्प गरिन् । ज्ञान मन्दिरकी रन्जिता अम्गाईं दोस्रो तथा फेरिल्याण्डकी अपेक्षा ढुंगाना तेस्रो बने ।

ब्वाइज सटपुटमा न्युटनका विशाल बरालले स्वर्ण जित्दा १०.४२ मिटर टाढा फाले । हिमरश्मिका ओमन घले दोस्रो तथा पुष्पकुञ्जका कस्मिर ओली तेस्रो स्थानमा रहे । रिलेको ४ गुणा ४ सय मिटरतर्फ ब्वाइज/गल्र्स दुवैमा लालीगुराँसको टोलीले शीर्ष स्थान कब्जा गर्यो । ब्वाइजमा कौशल दोस्रो तथा हिमरश्मि तेस्रो भए । गल्र्समा हिमरश्मि दोस्रो तथा कौशल तेस्रो बने ।

सेबले ब्वाइज फुटबलमा आइतबार जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अर्जुन राना मगरले ह्याट्रिक प्रेरणामा सेबले अमृतलाई ४–० गोलले पराजित ग¥यो । विकास गुरुङले एक गोल थपे । अन्य खेलमा जित हात पार्दै पुष्पकुञ्ज, प्रगति र कौशल पनि क्वार्टरफाइनलमा पुगे । पुष्पकुञ्जले न्युटनलाई १–० गोलले हरायो । प्रगतिले श्रृजना ज्ञान सागरलाई २–० र कौशलले विभूतिमाथि ४–० को सहज जित निकाल्यो । सोमवार ६ खेल हुँदैछन् । प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख विचारीप्रसाद अधिकारीले उद्घाटन गरे । —न्युज एजेन्सी नेपाल