११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहले गठन गर्यो समानान्तर कमिटी, कसलाई के जिम्मेवारी ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको छ। आज बसेको नेपाल समुहको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो।

विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमति प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ।

त्यस्तै, नेपाल समुहले युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ।