२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिड्सले बराबरीमा रोक्यो चेल्सीलाई



अ+ अ-

इङलिस प्रिमियर लिगमा यसै वर्ष समावेश भएको लिड्स युनाइटेडले चेल्सीलाई गोल रहित बराबरीमा रोकेको छ ।

शनिबारको खेलमा चेल्सीले लिड्समाथि निरन्तर दबाब कायम राखे पनि गोल गर्न भने सकेको थिएन । हुनत यस खेलमा दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरेका थिए, तर गोलमा परिणत गर्न दुबै टिम असफल रहे ।

यो बराबरीसँग चेल्सी अंक तालिकाको चौथो स्थानमा कायम छ । चेल्सीको २९ खेलबाट ५१ अंक भएको छ । पहिलो स्थानमा भने २९ खेल खेलेको म्यान्चेस्टर युनाइटेडको ६८ अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको २८ खेलबाट ५४ तथा तेस्रो स्थानको लेस्टरको २८ खेलबाट ५३ अंक छ ।

लिड्स युनाइटेड भने २८ खेलबाट ३६ अंक बटुल्न सफल भएको छ, र यो अंक तालिकाको १२औं स्थानमा छ ।

आजै राति क्रिस्टल प्यालेस र वेस्ट ब्रुम, एभर्टन र बर्नली तथा फुलह्याम र म्यान्चेस्टर सिटीबीच खेल हुँदैछ । AGNECY




भर्खरै