२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेताको आरोप: महासचिव देव गुरुङले राहत हिनामिना गरे



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसी (सन्देश) ले महासचिव देव गुरुङले कर्णालीका भूकम्प पीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा हिनामिना गरेको आरोप लगाउनु भएको छ  ।

महासचिव गुरुङले शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने माग केसीले गर्नुभएको छ ।

जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’की मुख्य निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो सो घटनामा केसी जोडिनु भएको थियो ।

गत २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले राहत लिएर पुगेकी चिनियाँ अधिकारीमाथि हातपात भएको घटनामा केसीसंग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीले सोधेको स्पष्टीकरणको ५ माघमा जवाफ दिदै केसीले महासचिव गुरुङले अनियमितता गरेको आरोप लगाउँदै छानबिनको माग गर्नुभएको छ ।

पार्टीले सोधेको स्पष्टीकरणमा केसीको जवाफ