२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला

जसपालाई प्रचण्डको प्रस्तावः सरकार गठन र चुनावमा सहकार्य गरौं

जसपालाई प्रचण्डको प्रस्तावः सरकार गठन र चुनावमा सहकार्य गरौं
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।  

जसपाका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेट्न पेरिसडाँडा पुगेका थिए। भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता साझेदारीको प्रस्ताव गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए। ‘नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाऔं भन्ने प्रस्ताव उहाँहरूले राख्नुभयो’, वार्तापछि यादवले भने, ‘नयाँ समीकरण बनाउने विषयमा छलफल गर्न उहाँहरूले हामीलाई बोलाउनुभएको हो।’

भेटवार्तामा माओवादी केन्द्रका नेताहरूले नयाँ सरकार बनाउने विषयमा मात्र नभई आगामी चुनावसम्म सहकार्य गर्न प्रस्ताव गरेको जसपाका नेताहरूले जनाएका छन्। ‘उहाँहरूले यो सहकार्य नयाँ सरकार बनाउन मात्र नभई आगामी चुनावसम्म गरौं भनी प्रस्ताव गर्नुभएको छ’, यादवले भने। यसबारे कुनै निष्कर्षमा भने नपुगिएको जसपाका नेताहरूले बताएका छन्। भेटमा रेशम चौधरीको रिहाइलगायत जसपाका अजेन्डाहरूमा पनि छलफल भएको थियो। भेट सकारात्मक भएको यादवले बताए। उनका अनुसार यस्तो भेटघाट र छलफल जारी रहनेछ।  

सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले कुराकानी सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए। जसपाका अध्यक्षद्वय यादव र ठाकुरसहित पाँच शीर्ष नेता पेरिसडाँडा पुगेका थिए। नागरिक दैनिकमा समचार छ ।