२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस पढ्न पूर्वमन्त्री आलेको आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबिबिएस (डाक्टर) पढ्नका लागि डोटीका एक जना बिद्यार्थीलाई आर्थिक सहयोग गर्नु भएको छ ।

डोटीको केआइसिंह गाउँपालिका-४ कारीगाउँ बस्ने १७ वर्षीय शिवि बिक लाई रु एक लाख आर्थिक सहयोग गर्नु भएको केआइसिंह गाउँपालिका-५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शिवि भाईले एमबिबिएस पढ्नका लागि नाम निकाल्नु भएको थियो, आर्थिक अवस्था कम्जोर भएर पढ्नलाई समस्या थियो, पूर्वमन्त्री आले ज्यूले एक लाख आर्थिक सहयोग गर्नु भएको छ, अब पढाईमा सहज हुने छ ।” पूर्वमन्त्री आलेले एमबिबिएस पढाईका लागि आर्थिक सहयोग गर्नु भएपछि अहिले शिबिको घर परिवार हित पुरै गाउँमा खुशीयाली छाएको अर्का स्थानीय रुपेन्द्र धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिबिको एमबिबिएस पढाईमा सहयोग पुर्याउन प्रेम आले ज्यूले आर्थिक सहयोग गरेको खबर सुनेपछि अहिले शिबिको घर परिवार तथा गाउँमा खुशीयाली छाएको छ, हामी सबै खुशी छौँ, एउटा गरिब परिवारको भाई डाक्टर हुने भयो ।”