• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षाबेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुनेगरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताउनु भयो । त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुनेगरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताउनु भयो । बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम शुरु गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धि डेस्कनै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खडकाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बदलिँदो सुरक्षा चुनौतिको आँकलन गरेर प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ । त्यसै गरेर सोसियल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गरिएको छ । साथै साईबर डेक्स समेत स्थापना गरिएको छ । त्यसले कतिपय अवाञ्छित क्रियाकलापहरुलाई रोकथाम गर्ने र त्यसलाई कारबाहीको समेत दायरामा ल्याउने गरेर ५०/६० जना मान्छे त कारबाहीमा पनि परिसकेका छन् । हाम्रो पनि, बाहिर सिभिलियन पनि । अर्को विपद्जन्य घटनामा तुरुन्तै सशस्त्र प्रहरी बल परिचालन होस भन्ने हेतुले अहिले हरेक प्रदेशमा रहने गरी ८ वटा विपद व्यवस्थापन बेस भनेर हामीले व्यवस्था गरेका छौं । त्यहाँ विपद् व्यवस्थापनका लागि आवश्यक सामग्रीसहित मान्छेहरु, हाम्रा कर्मचारुहरु ट्वान्टी फोर आवर तयारी अवस्थामा हुन्छन् । र उनीहरुले गएर तुरुन्तै त्यस्ता कामहरुको तत्काल व्यवस्थापन गर्ने गर्दछन् । त्यसैगरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि यही गत हप्ताबाट मात्रै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एउटा सुरक्षा बेस ३० जनाको टोली रहने गरी त्यो स्थापना गरिएको छ । एयरपोर्टमा समेत सशस्त्र प्रहरी बल परिचालन गरिएको अवस्था हो ।’

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्टकृत जनशक्ति तयार पार्नका लागि काठमाडौंको मातातीर्थमा पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी बलका अधिकृतहरुको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था समेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताउनु भयो । त्यसैगरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रुपमा प्लाष्टिकका सामग्रीहरुको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ ।

प्रवक्ता खड्काले भन्नुभयो, ‘यो विपद् व्यवस्थापनको क्षेत्रमा अनुसन्धान बढाएर अलि स्पेस्लाईज्ड म्यान पावर तयार गर्नका लागि विशेष सीमा र विपदलाई फोकस गरेर पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज सञ्चालन गरिएको । जसलाई बढुवा हुनका लागि अनिवार्य तालिमको रुपमा राखिएको छ । त्यो मातातीर्थमा शुरु भइसकेको छ । त्यसलाई हामीले इन्पेक्टरबाट डिएसपी हुनका लागि अनिवार्य तालिमको रुपमा विकास गरेका छौं । यसले गर्दा सीमा क्षेत्रमा खटिने र विपदमा खटिने व्यक्तिहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञानको दायरा अझ फराकिलो हुन्छ भन्ने संगठनले अपेक्षा लिएको छ । अब हरेक युनिटहरुलाई वातावरणमैत्री बनाउन सशस्त्र प्रहरी कर्मचारीहरुले सकेसम्म प्लाष्टिकका बोत्तल समेत हामीले यहाँ हेडक्वाटरमा मा त युज नगर्ने भनिसकेका छौं । बरु जगमा पानी खाने, गिलास ल्याउने भनेर त्यो बोत्तललाई पनि हामीले निरुत्साहित गरेका छौं । प्लाष्टिकका फूलहरु किन्न पनि हामीले प्रतिवन्ध नै लगाएका छौं ।’

सबै प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पतालको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन जानकारी दिइएको छ । प्रवक्ता खड्काले फिल्डमा खटिएका सशस्त्र प्रहरीहरुलाई सोही ठाउँमा उपचारको व्यवस्था हुनेगरी ती अस्पतालहरु पनि सञ्चालनमा ल्याउनुपरेको बताउनु भयो ।