१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

‘यो लामो जीवनमा किन म हतास हतास छु…’

‘यो लामो जीवनमा किन म हतास हतास छु…’
गायक तथा साहित्यकार योगेश वैद्य , संगीतश्रष्टा शम्भुजीत बास्कोटा र गायक प्रेमध्वज प्रधान एक कार्यक्रममा
अ अ+ अ-

काठमाडौं । ‘यो लामो जीवनमा किन म हतास हतास छु…’ गीतमा यस्तो भाव भएपनि केही दिन अघि सम्म पनि गीतसङ्गीतका क्षेत्रमा सक्रिय रहनु भएका गायक तथा साहित्यकार योगेश वैद्य शुक्रबार ७७ वर्षको उमेरमा अस्ताउनु भयो ।

गीतकार उन्नती बोहोरा शीलाको शब्द र सङ्गीतश्रष्टा शम्भुजीत बासकोटाको सङ्गीत रहेको गीतको शब्द जस्तै नचाहेर पनि किन म उदास उदास छु भन्दै वैद्य बिलिन हुनु भयो । निकै कम मात्रमा मात्र प्रत्यक्ष सङ्गीतका कार्यक्रम गर्नुभएका वैद्यले करिब १० बर्ष अघि सङ्गीतश्रष्टा बासकोटाको परिकल्पना र निर्देशन तथा प्राज्ञ बिजय थापाको समन्वयमा एउटा भिडियो छायाकंन गर्नुभयो ।

ललितकला प्रज्ञा प्रतिष्ठानमा छायाकंन गरिएको सो गीतमा नेपालमा प्रशिद्ध साहित्यकार तथा कलाकारहरु नाट्य साम्राट बालकृष्ण सम ,लैनसिह बाङदेल,अमर चित्रकार साथै अन्य राष्ट्रिय सर्जकहरु द्वारा कोरिएका चित्रहरु समाबेश गरिएको थियो ।

यतिबेला त्यो स्थल बेवारिस जस्तै बनेको छ । संरक्षण हुन नसकेर मूध्र्यन्य श्रष्टाहरुको सृजना अलपत्र बनेको छ । शुक्रबार गायक वैद्यलाई गीतसङ्गीतमार्फत सोही स्थानमा श्रष्टाहरुले श्रद्धाञ्जली दिए ।

नेपाल सङ्गीतकार सङ्घको आयोजनामा नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको श्रद्धाञ्जली सभामा उहाँको पार्थिव शरीरलाई प्रतिष्ठानका पूर्वउपकुलपति तथा संघका संरक्षक सङ्गीतकार शम्भुजीत बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्कालगायतले श्रद्धाञ्जली दिनुभयो ।

उहाँलाई सपना भुलाई सारा’ गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिइएको थियो । सङ्गीतकार शम्भुजीत बासकोटाले दिवङ्गत गायक वैद्यसँग चार दिन अगाडि मात्रै कुरा भएको बताउनुभयो । उहाँले न्यूजपोलारसंग भन्नुभयो , “उहाँले कविता, गीत लेख्नुहुन्थ्यो । सङ्गीत गर्नुहुन्थ्यो । उहाँ मखमली आवाजको धनी हो । मेरा केही गीतहरु पनि गाउनुभएको थियो । उहाँले पहिले पनि नेपाली र नेपाल भाषाका अनेक गीत गाएर योगदान पुर्‍याउनुभएको छ । ”

यो पनि पढ्नुहोस –योगेश वैद्यप्रति संगीतकर्मीको श्रद्धाञ्जली: सपना भुलाई सारा गीत सहित (भिडियोसहित)

बासकोटाले भन्नुभयो “योगेश वैद्य दाइको योगदानको बारेमा राष्ट्रले कसरी बोल्छ थाहा छैन, उहाँ सुगम संगीतको लागि उहाँ संरक्षक हुनुहुन्छ । उहाँले समय–समयमा दिएका अभिव्यक्ति, उहाँले गाएका गीतहरु, उहाँको गीत–संगीत छनोटका कुरा गर्दा उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्छ ।उहाँलाई धेरै मिस गरिराखेको ।

बासकोटाले भन्नुभयो “चार दिन अघि कुरा हुदाँ उहाँले मेरो संगीतमा स्वर दिने बताउनु भएको थियो ।  उहाँ मखमली आवाजको धनी हो । उहाँको आवाजको फ्यान हुँ । मेरा केही गीतहरु गाउनुभएको छ । उहाँ जाँदै हुनुहुन्छ तर उहाँले छाडेका कृतिहरु, उहाँका संगीतहरु, सुमधुर आवाजहरु हामीसँगै रहिरहनेछन् ।”

बासकोटाका अनुसार बैद्यले नेपाली कथानक चलचित्र सन्तानको मा समेत गीत गाउनु भएको थियो ।

विसं २००३ मा नरदेवीमा जन्मनुएका उहाँको पहिलो रचना ‘कति प्यासी छ जिन्दगी’ बोलको नेवारी र ‘सपना भुलाई सारा’ बोलको गीत गीत निकै लोकप्रिय छन् । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन् ।