४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

तीन महिनाभित्र पनौतिलाई विश्व सम्पदा सूचिमा राख्न युनेस्कोसँग पहल गरिँदै

तीन महिनाभित्र पनौतिलाई विश्व सम्पदा सूचिमा राख्न युनेस्कोसँग पहल गरिँदै
अ+ अ-

पनौति: काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । रोल…

२०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भएपनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तिब्र तयारी गरिएको हो । पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुन: निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भएपनि अहिलेसम्म सफल नभएको बताउनु भयो ।

उहाँले नगरपालिकाले अहिले पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको बताउनु भयो । उहाँले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताउनु भयो । उहाँले नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको बताउनु भयो । उहाँले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने बताउनु भयो । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उहाँको भनाइ छ । कानूनहरु नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो २०५८ सालमा स्मारक क्षेत्र घोषणा भयो । त्यो भन्दाअघि फ्रान्स सरकारबाट पुन: निर्माण भएको थियो । त्यसबेला सरकारले नचिनेको जस्तो लाग्यो । त्या बेलाबाट २०५८ सालमा संरक्षित स्मारक क्षेत्र भनेर घोषणा भयो, त्यसमा सिंगो पनौति नै रह्यो । यसमा धेरै सांस्कृतिक सम्पदा छन् । गौतम ऋषि र अहिल्या, इन्द्रले तपस्या गरेर मुक्ति पाएको ठाउँ हो । विश्व सम्पदा सूचिमा सूचिकरण गर्ने प्रक्रियामा अघिल्लो कार्यकालमा फिजिकल डकुमेण्ट बनाएका थिए । अहिले त्यसलाई संरक्षण गर्ने व्यवस्थापकीय योजना चाहियो । अहिले त्यो निर्माणको चरणमा छ । समुदायले संरक्षण गर्न आत्मसात गर्छ की गर्दैन भनेर त्यो विश्वस दिलाउनु छ । हामीले युनेस्कोले तोकेका धेरै मापदण्ड पूरा गरिसकेका छौँ । अब एउटा व्यवस्थापन योजना बनाइसकेपछि अब हामी पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाउने छौँ । कानूनहरु नहुँदा प्रदेशबाट की संघ मातहत जाने भन्नेकुरामा दोधार छ । पुरातत्वविभागसँग छलफल गरेर अघि बढाइरहेका छौँ ।’

प्रमुख भण्डारीले सांस्कृतिक सम्पदाहरु सबैका साझा र देशको सम्पती हो भन्ने सोचेर काम अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुले पनि जागरुकताका साथ कामलाई हेर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कर्मचारीतन्त्रमा काम ढिलो गरिदिने समस्याले पहल गर्न ढिलो भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा जसले जुन निकायले त्यो फाइल अध्ययन गर्छ उनीहरुले बुझिदिनुपर्छ की यो देशकै सम्पती हो । हाम्रो हो भन्ने भावना बुझ्नुपर्छ । हेर्न र अध्ययन गर्न वर्षौं लगाएपछि उपाय हुँदैन । पदाधिकारीले पनि जागरुकताकसाथ हेर्नुपर्छ । कर्मचारीतन्त्रमा ढिलासुस्तीले गर्दा ढिलो भएको छ । अब ढिलो हुँदैन । आफ्नो कार्यकालमा पूरा गरेर नै छोड्छु ।’

यता, पनौति पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौति ऐतिहासिक पुरातात्विक महत्व बोकेको सम्पदाको शहर भएको बताउनु भयो । उहाँले पनौतिमा एक किलोमिटर क्षेत्रमा ४२ वटा मूर्त सम्पदा रहेको बताउनु भयो । मूर्त र अमूर्त गरी पनौतिमा मात्रै ७० बढी सम्पदाहरु रहेकाले यो शहर एउटा खुला संग्रहालय रहेको बताउनु भयो । उहाँले स्वर्गलोकको राजा इन्द्र श्राप मुक्तका लागि आएर तपस्या गरी मुक्त भएको र मकर मेला लागेको लगायतका सांस्कृतिक जात्राहरुले भरिपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो ऐतिहासिक पुरातात्विक महत्वको सम्पदाको शहर हो । एक किलोमिटर क्षेत्रमा ४२ वटा सम्पदा छन् । नगरपालिकाकै कुरा गर्ने हो भने २ सय भन्दा बढी सम्पदा छन् । पनौतिमा मात्रै मूर्त रुपमा ४२ र अमूर्त रुपमा ७० वटा छन् । सबै जातजाति भाषीहरु मिलेर पनौति सजिएको छ । यस विषयमा कुरा गर्दा स्वर्गलोकको राजा इन्द्र श्राप मुक्तका लागि यही ठाउँमा आएर तपस्या गरेपछि निको भएर जानुभएको थियो । यो यति ऐतिहासिक छ । यो १२ औं शताब्दीको कुरा हो । यो एउटै चट्टानमा छ । भूकम्पले पनि त्यति धेरै क्षति गरेन । १२ वर्षमा मकर मेला, जेठ पूर्णिमा जस्ता मेला लाग्दछन् । १ किलोमिटरको दूरीमा ४० वटा सम्पदा भनेको यो खुला संग्रहालय हो ।

त्यस्तै पनौतिस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौति शहर धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचिमा सूचिकृत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शहरमा रहेका आधुनिक ८० भन्दा बढी सम्पदाहरुलाई पुरानै शैलीमा निर्माण गरेर विश्व सम्पदा सूचिमा सूचिकृतका लागि पहल गर्नुपर्ने बताउनु भयो । उहाँले यसबारेमा स्थानीयलाई जनचेता दिन र जागरुक बनउन जरुरी रहेको बताउनु भयो । उहाँले पनौतिमा घुम्न जाने ९० प्रतिशत पर्यटक फ्रान्सका हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व सम्पदा सूचिमा राख्ने प्रयास २०५२ सालदेखिको हो । पनौतिमा फ्रान्स सरकारले एउटा प्रोजेक्ट लागू गरेको थियो । फ्रान्समा पनि यस्तै कलाकृतिले भरिपूर्ण खैजीलेमु भन्ने शहर छ । त्यो यो र हेरेर प्रोजेक्ट गरेका थिए । यो धेरै पुरानो शहर भएकाले विश्व सम्पदा सूचिमा राख्नुपर्ने उहाँहरुको आह्वान थियो । यहाँ आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक फ्रान्सका छन् । हामीले बुझाउन नसक्दा अहिले आधुनिक घरहरु निर्माण भए । अहिले उनीहरुले ८० वटा जति घरहरु पुरानै शैलीमा बनाए राख्ने कुरा भनेका छन् ।’

पनौतिलाई सरकारले प्राचिन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतिलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रश्ताव गरेको थियो ।—न्युज एजेन्सी नेपाल