११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अटोमेसन प्रणालीबाट पेसी तोक्दै उच्च अदालत

अटोमेसन प्रणालीबाट पेसी तोक्दै उच्च अदालत
अ अ+ अ-

गलकोट । उच्च अदालत पोखरा बागलुङ इजलास प्रविधिमैत्री बन्दै गएको छ । आधुनिक प्रविधिका कारण फैसलामा हुने ढिलाइ अन्त्य हुनाका साथै नागरिकले तोकिएकै समयमा न्याय पाउन थालेका छन् ।

अदालत प्रविधिमैत्री बन्दै गएपछि मुद्दा फछ्र्यौट दरसमेत बढ्दै जाँदा अदालतमा एक वर्ष नाघेका मुद्दा न्यून छन् । सेवाग्राहीलाई सहज सेवा दिनका लागि कम्प्युटरमा अटोमेसन प्राणालीमार्फत पेसी तोक्न थालिएको उक्त इजलासका मुख्यन्यायाधीश मदन पोख्रेलले बताउनुभयो ।

“वादीले एउटा समय माग्ने र प्रतिवादीले अर्को समय माग्ने हुँदा हामीलाई कुन समय दिने भन्ने हुन्थ्यो, अब कम्प्युटरले नै मुद्दाको पेसी तोक्नेछ, मुद्दाको सुनुवाइ नगर्दासम्म अर्को पेसी कम्प्युटरले तोक्दैन”, उहाँले भन्नुभयो, “गत पुस १ गतेदेखि यस उच्च अदालतमा उक्त प्रणाली लागू भइसक्यो, जिल्ला अदालतमासमेत लागू गर्ने तयारी छ ।” सर्वोच्च र सबै उच्च अदालतमा यो विधि लागू हुँदा सेवाग्राहीलाई सहज हुनाका साथै चाहेर पनि ढिला फैसला हुँदैन ।

अदालतले टाइम कार्डको समेत व्यवस्था गरेको छ । मुद्दा दर्ता भएकै दिन मुद्दाको पेशी, आदेश र फैसला हुने समयको व्यवस्था गरेर सोहीअनुसार पेसी र तारेख दिने गरिएको उक्त अदालतका रजिष्टार मुकुन्द आचार्यले जानकारी दिनुभयो ।

अदालतभित्रै टिभीको डिस्प्लेमार्फत पेसी र सूचना दिने व्यवस्था गरिएको छ । अदालतको बेवसाइट अद्यावधिक गर्ने, पक्षले पायकपर्ने अदालतबाट तारिख लिन पाउने, एसएमएसबाट मुद्दाको जानकारी पाउने, फैसला नि:शुल्क पाउनेजस्ता सेवा दिन थाल्नाका साथै सेवामा सुधार गरिएकाले मुद्दा फछ्र्यौटमा पनि प्रगति देखिएको हो । रजिष्ट्रार आचार्यका अनुसार चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी एक सय ४५ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।

चालु आव सुरु हुनुअघि अघिल्लो वर्षका एक सय ६१ मुद्दाको जिम्मेवारी सरेर आएकामा चालु वर्ष तीन सय ८३ मुद्दा दर्ता भई पाँच सय ४४ मुद्दा पुगेकामा तीमध्ये हालसम्म दुई सय ३९ मुद्दा फछ्र्यौट भएको र एक सय २५ थान बाँकी रहेका छन् । यो सङ्ख्या लक्ष्यभन्दा एक सय ४५ प्रतिशत बढी हो ।

मासिकरुपमा पनि फछ्र्यौटको सङ्ख्या राम्रो हुँदा तोकेभन्दा बढी मुद्दा फैसला भएको बताउँदै आचार्यले गत साउनमा २३ प्रतिशत मुद्द फछ्र्यौट गर्ने लक्ष्य राखिएकामा ३३ प्रतिशत मुद्दा फैसला गरिएको थियो भने भदौमा ३८, असोजमा ५३, कात्तिकमा १०, मङ्सिरमा ६१ तथा पुसमा ५६ प्रतिशत मुद्दा फछ्र्यौट भएका थिए । अदालतले सोधपुछ र सहायता कक्ष राखेर अदालत आउने सेवाग्राहीलाई स्वयंसेवक र सहजकर्ताले नै सबै शाखामा पुर्‍याउने काम गर्नाका साथै सन्तुष्टी फारामसमेत भर्ने व्यवस्था मिलाएको छ । रासस