२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशीको लगातार पाँचौ हार



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराएको छ । यससँगै बागमतीले लगातार तेस्रो जित दर्ता गरेको छ भने कोशीले लगातार पाँचौ हार बेहोरेको छ ।

बागमतीले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा ओभरमा २ सय ९ रन बनाएर अलआउट भयो । कोशीका लागि सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतक प्रहार गरे । सुजनले ५९ रन जोडे र अंकितले ५३ रन बनाए । आइश भट्टराई ३२, सोनु अन्सारी २१, फिर्दोस अन्सारी ५, सुभान गहतराज ४ र हेमन्त राईले १० रन बनाए ।

यता बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ५ विकेट लिए । सूर्यले २ विकेट लिदाँ प्रतिकले एक १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो ।

बागमतीको लागि आक्रामक ब्याटिङ गर्दै आशुतोष घिरैयाले शतकिय ईनिङ खेलेका थिए । आशुतोषले १ सय ११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै १ सय १८ रन जोडे । यससँगै आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा शतक प्रहार गरेका थिए । उनको करीयरको भने यो पहिलो शतक हो ।

बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ र रितले ४९ रन बनाए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । कमल खत्री र हेमन्त राईले २९२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।

यस जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा बागमतीको ३ जित र २ हारसँगै ६ अंक छ । सुदूरपश्चिम ३ खेलमा शत प्रतिशत जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । कोशी ५ खेलमा बिना कुनै अंक पुछारमा छ । गण्डकीले पनि ३ खेलमा कुनै अंक जोडेको छैन ।