१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

सुनिलबाबु पहिलो ‘रेन्बो टुरिजम एम्बेसडर’

सुनिलबाबु पहिलो ‘रेन्बो टुरिजम एम्बेसडर’
अ अ+ अ-

काठमाडौं : नेपालले पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’ पाएको छ। नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको हो।

नेपाल सरकार, पर्यटन बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र मायाको पहिचान नेपालले आयोजना गरेको समावेशी ९रेन्बो० पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्शमा पन्तलाई रेन्बो टुरिजम एम्बेसडर घोषणा गरिएको हो।

पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, अमेरिकी राजदूतावास काठमाडौँका डेपुटी चिफ अफ मिसन जेसन पी।मिक्स, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी एम लादे, बेलायती दूतावासका स्याली डंकनले संयुक्त रूपमा पन्तलाई एम्बेसडर घोषणसहितको प्रशंसा पत्र प्रदान गरे।

मिस डायमन्ड नेपाल २०२१ र साहसी कदम नेपालका उपाध्यक्ष सरोजी न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल समावेशी रहेको सन्देश दिन एम्बेसडर घोषणाले सहयोग गर्ने बताइन। कार्यक्रम सञ्चालन समेत मिस डायमन्ड सरोजीले गरेकी थिइन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान र अधिकारका लागि नेपालमा पहिलो संस्थागत अभियान सुरु गर्ने पन्तलाई एम्बेसडर घोषणा गरेर नेपाल यो समुदायका लागि समावेशी रहेको सन्देश प्रवाह गरेको पर्यटन बोर्डले जनाएको छ।

बोर्डका अनुसार एम्बेसडर घोषणासँगै विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका लागि नेपाल सुरक्षित रहेको सन्देश समेत जानेछ। समावेशी ९रेन्बो० पर्यटन सम्भाव्यता सम्बन्धी राष्ट्रिय परामर्शले पर्यटन क्षेत्रमार्फत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको जीविकोपार्जनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

रोजगारीको बाटो खुलाइदिनुहोस् : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सडकमा उभिनु रहर नभएर बाध्यता भएको बताएका छन्।

नेपाल पर्यटन बोर्ड, मायाको पहिचान नेपाल, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले आयोजना गरेको समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्शमा समुदायका सदस्यले सडकमा उभिनुपर्ने बाध्यता अन्त्य गरिदिन सरकारसँग माग गरे।

साहसी कदम नेपालकी अध्यक्ष आनिक रानाले रोजगारीको बाटो नहुँदा सडकमा उभिन बाध्य हुनु परेको बताइन। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अभिभावक नेपाल सरकारले रोजगारीको बाटोमा लगाउनु पर्ने बताइन।

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भविष्य निर्माण गरिदिन सरकारसँग माग गरिन। ‘नेपाल सरकार अभिभावक हो। आज सडकमा छौँ। किन सडकमा उभिए भनेर बुझ्नु पर्छ,’रानाले भनिन्,‘सडकबाट घरसम्म स्थापित गर्ने काम सरकारको हो।’

उनले रोजगारको बाटो नहुँदा यौन पेसा गर्न बाध्य हुनु परेको बताइन। ‘तेस्रोलिंगीको आवाज अरूले पनि बोलिदिनु पर्‍यो,’उनले भनिन्,‘आनिकलाई आनिक बनाइदिनुहोस्। यौनिक तथा लैङ्गिक समुदायलाई रोजगारको बाटो खुलाइदिनुहोस्।’

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले क्षमता भएका समुदायका व्यक्तिलाई अवसर प्रदान गर्नुपर्ने बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि तालिम दिएर क्षमतावान् बनाउने र रोजगारीको बाटोमा लगाउनु पर्ने केसीले बताए।

उनले यौन पेसामा लाग्नु सोख नभएको बताए। यौन क्रियाकलापबाट विस्थापित गरेर समुदायका सदस्यलाई सम्मानित पेसामा आबद्ध गराउन मायाको पहिचान नेपालले अभियान नै सञ्चालन गरेको केसीले बताए। ‘आउने दिनमा सामान्य पेसामा स्थापित हुने आशा गरेका छौँ,’केसीले भने,‘कम ब्याजमा, बिना धितो सहयोग गर्न सरकारसँग माग गर्छु।’

उनले आफ्नो समुदायलाई राज्य, विभिन्न सङ्घसंस्थाले बेवास्ता गरेको गुनासो गरे। ‘राज्यले हेर्नुपर्छ, राज्यले लैङ्गिक हिंसा गर्नु हुँदैन, परिवारबाट हिंसामा परिरहेका छौ,’उनले सरकारलाई सोधे,‘लैङ्गिक मैत्रीपूर्ण वातावरण छैन। यसबाट मुक्त हुनका लागि के कस्ता योजना छन्?’

उनले लकडाउनको समयमा सानो व्यवसाय गर्न लाग्दा कतैबाट सहयोग नपाएको बताए। ‘लकडाउनको बेला सानो बिजनेस गरेको थिए, कतैबाट ब्याकअप भएन,’केसीले भने,‘ आर्थिक रूपले सहयोग गर्ने सङ्घसंस्था भएन। बाटोमा आउने अवस्था भयो। क्षमताको प्रयोग गर्न पाएका छैनौ।’ उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकसँग  हस्पिटालिटी सेक्टरमा राम्रो ज्ञान रहेको सुनाए।