२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशुतोषको शतकमा बागमतीद्वारा कोशीलाई २ सय ७४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ओपनर आशुतोष घिरैयाको शतकमा बागमती प्रदेशले कोशी प्रदेशलाई २ सय ७४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा अलआउट हुँदै २ सय ७३ रन जोड्यो ।

बागमतीको लागि आक्रामक ब्याटिङ गर्दै आशुतोषले शतकिय ईनिङ खेले । आशुतोषले १ सय ११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै १ सय १८ रन जोडे । यससँगै आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा शतक प्रहार गरेका थिए । उनको करीयरको भने यो पहिलो शतक हो । जारी प्रतियोगितामा भने यो पाँचौ शतक हो ।

बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ र रितले ४९ रन बनाए । कोशीका लागि अभ्यास तिम्सिनाले ३ विकेट लिए । कमल खत्री र हेमन्त राईले २(२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।