२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: बागमतीका ओपनर आशुतोषको शतक



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध शानदार शतक बनाएका छन् ।

टियु क्रिकेट मैदानमा आक्रामक ब्याटिङ गर्दै आशुतोषले करिअरको पहिलो शतक पूरा गरेका हुन् ।

उनले ९९ बलमा १३ चौका र २ छक्काको सहयोगमा शतक पूरा गरे ।आशुतोष बागमती प्रदेशबाट शतक प्रहार गर्ने दोस्रो खेलाडी बने। यसअघि ज्ञानेन्द्र मल्लले २०१९ संस्करणमा शतक प्रहार गरेका थिए । जारी प्रतियोगितामा यो पाँचौ शतक पनि हो ।

३० ओभरमा बागमतीले २ विकेट गुमाएर १ सय ७३ रन जोडेको छ ।