• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रतितोला पाँच सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन तथा शुक्रबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भईरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला ५ रूपैयाँले बढेर १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।