११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोइत समूहले लियो मालपोत कार्यालयमा बम बिस्फोटको जिम्मा



अ+ अ-

काठमाडौं । जिल्ला मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटको जिम्मा गोइत समूहले लिएको छ । आइतवार एक विज्ञप्ति जारि गर्दै बम बिस्फोटको जिम्मा लिएको हो । 

जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको बताएका छन्। गोइतले कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत दिएको छ। 

बम विस्फोटमा परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका थिए।