१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

सुदूरपश्चिमको लगातार तेस्रो जित, शेर मल्लले लिए ५ विकेट

सुदूरपश्चिमको लगातार तेस्रो जित, शेर मल्लले लिए ५ विकेट
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १ सय ८ रनले हराएको छ । यससँगै लगातार तेस्रो जित हात पारेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकीले ३०.२ ओभरमा अल आउट हुँदै ९३ रन मात्र बनायो । गण्डकीका आश्विानी रानाले सर्वाधिक २५ रन बनाए । कमल परियारले २२ रन बनाउदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरको जितमा शेर मल्लले उत्कृष्ट ५ विकेट लिए । उनले ८.२ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ५ विकेट लिएका हुन् ।
गजेन्द्र बोहराले २ विकेट लिदा भोज राज भट्ट, नरेन साउद र मिलन बोहराले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमे २ सय १ रनमा अल आउट भएको थियो । सुदूरको लागि किरण ठगुन्नाले सर्वाधिक ६० रन बनाए । यस्तै, नारायण जोशीले ४६ रन बनाउदा नरेन १३, टेक रावत १५, राजु रिजाल १६ र शेर मल्लले १९ रन बनाए ।

गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३–३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २–२ विकेट लिए ।

सुदूर ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । एपीएफ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा र नेपाल पुलिस २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।