२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको लगातार तेस्रो जित, शेर मल्लले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १ सय ८ रनले हराएको छ । यससँगै लगातार तेस्रो जित हात पारेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकीले ३०.२ ओभरमा अल आउट हुँदै ९३ रन मात्र बनायो । गण्डकीका आश्विानी रानाले सर्वाधिक २५ रन बनाए । कमल परियारले २२ रन बनाउदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरको जितमा शेर मल्लले उत्कृष्ट ५ विकेट लिए । उनले ८.२ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ५ विकेट लिएका हुन् ।
गजेन्द्र बोहराले २ विकेट लिदा भोज राज भट्ट, नरेन साउद र मिलन बोहराले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमे २ सय १ रनमा अल आउट भएको थियो । सुदूरको लागि किरण ठगुन्नाले सर्वाधिक ६० रन बनाए । यस्तै, नारायण जोशीले ४६ रन बनाउदा नरेन १३, टेक रावत १५, राजु रिजाल १६ र शेर मल्लले १९ रन बनाए ।

गण्डकीका विपिन खत्री र अंकित सुवेदीले ३–३ विकेट लिए । कमल परियार र अमृत गुरुङले २–२ विकेट लिए ।

सुदूर ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । एपीएफ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा र नेपाल पुलिस २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।