• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वास मत माग्दै देउवाको लिङ्देनलाई पत्र ★   गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रुपमा तत्काल सहज बनाउन सरकारलाई निर्देशन ★   सदनभित्र तथ्यगत बहस र पैरवी गर्नुपर्छः सांसद सापकोटा ★   गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिनेः गृहमन्त्री लामिछाने ★   मुख्यमन्त्री सिंहद्वारा लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा ★   नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड ★   सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु ★   खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती ★   चलचित्र ‘लण्डन टु पेरिस’को प्रिमियरः गरिमा भन्छिन्, ‘सुध्रिने मौका दिनुहोला’ ★   भाजपा नेता मोदीले राष्ट्रपतिलाई गठबन्धन सम्झौता प्रस्तुत गर्ने

सरकार तरकारी बारीको बुख्याचा जस्तो छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । बिहिबार एमालेनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको बताए । उनले ८४ सालमा एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने दाबि गरे । ओलीले भने, ‘ यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचामात्रै हाइन निकम्मा पनि छ ।’

उनले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको बताउदै विरोधीहरूले जुनसुकै बेलामा पनि प्रहार गर्नसक्ने आशंका व्यक्त गरे । उनले यस्तै अवस्था रहिरहे मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्ने बताए । उनले भने, ‘ देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’

एमालेले एक्लै लड्दा पनि ८० सीट ल्याएको बताउदै उनले गठबन्धनका दलहरू एक्ला एक्लै लडे बेहाल हुने बताए ।