८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइगर कप महिला: आर्मीलाई हराउदै एपीएफ फाइनलमा



अ+ अ-

काठमाडौं । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा नेपाल एपिएफ क्लबको महिला टोली फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

आर्मीले सुरुवाती सेट २५-१९ र दोस्रो सेट २५-२० ले जित्यो । त्यसपछि एपिएफले २५-१२ र २५-१६ को अन्तरले जित दर्ता गर्दै पुनरागमन गर्यो। पाँचौ सेटमा आर्मीमाथि पुनरागमन गर्दै एपिएफले १५-१३ को जितसहित फाइनलमा स्थान बनायो ।

एपीएफ समूह ‘ए’ बाट समूह विजेता र आर्मी समूह ‘बी’कोतर्फ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनलमा समूह बी को शीर्षस्थानमा रहेर अघि बढेको चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड र नेपाल पुलिस क्लबले भिड्नेछन् ।

प्रतियोगितामा एक विदेशी टिमसहित ६ टोली सहभागी थिए । जसमा आमन्त्रित टोली हरियाणा क्लब र घरेलु टोली गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।

महिलातर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।