२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश ८८ रनमा अलआउट, साहब आलमले लिए ६ विकेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा स्पिनर साहब आलमको घातक बलिङमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ८८ रनमा अल आउट गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा अल आउट हुँदै ८८ रन बनायो । कोेशीका कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । कोशीका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच खेलाडीले खाता नै खोल्न सकेनन् ।

एक समय १२.१ ओभरमा ७०–२ को अवस्थामा रहेको कोशी बाँकी १८ रन जोड्दा ८ विकेट गुमाएपछि ८८ रनमा अल आउट भएको हो ।

आर्मीका साहब आलमले उत्कृष्ट ६ विकेट लिए । उनले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए ।

अहिले आर्मीले जवाफी ब्याटिङ गर्दै छ ।