८ भाद्र २०८३, सोमबार
,
Latest
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश ८८ रनमा अलआउट, साहब आलमले लिए ६ विकेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा स्पिनर साहब आलमको घातक बलिङमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ८८ रनमा अल आउट गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा अल आउट हुँदै ८८ रन बनायो । कोेशीका कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । कोशीका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच खेलाडीले खाता नै खोल्न सकेनन् ।

एक समय १२.१ ओभरमा ७०–२ को अवस्थामा रहेको कोशी बाँकी १८ रन जोड्दा ८ विकेट गुमाएपछि ८८ रनमा अल आउट भएको हो ।

आर्मीका साहब आलमले उत्कृष्ट ६ विकेट लिए । उनले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी र विवेक यादवले १–१ विकेट लिए ।

अहिले आर्मीले जवाफी ब्याटिङ गर्दै छ ।