२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० आई इतिहासमा पहिलो पटक दुई सुपरओभर



अ+ अ-

एजेन्सी । टि२० आई क्रिकेट इतिहासमा पहिलो पटक दुई सुपरओभर भएको छ । बुधबार भारत र अफगानिस्तानबीचको तेस्रो टि२० आई खेलमा सुपर ओभर टाई भएपछि दोस्रो सुपर ओभर खेलाईएको हो ।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो । अफगानिस्तानलाई जितको लागि अन्तिम ओभरमा १९ रन चाहिँदा गुलबदीन नैबले १८ रन जोड्दै खेल सुपर ओभरमा पुर्याएका थिए ।

सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएको थियो । भारतले पनि १६ रन नै बनायो । त्यसपछि दोस्रो सुपर ओभरमा भारतले ११ रन बनायो । तर, अफगानिस्तानले तीन बलमा एक रन बनाउदै दुई विकेट गुमाएपछि खेल हार्न पुग्यो । सुपर ओभरको नियम अनुसार दुई खेलाडी आउट भएपछि खेल्न पाइँदैन । यससँगै, भारतले निकै रोमान्चकको साथ दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गर्दै तीन खेलको सिरिजमा क्लिनस्विप गर्यो ।

टि२० आई क्रिकेट इतिहासमा पहिलो पटक सुपर ओभर टाइ भएको हो । ओडिआई र टि२० क्रिकेटमा भने यसअघि नै सुपर ओभर टाइ भई सकेको छ । २०१९ को एकदिवसीय विश्वकप फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको खेलमा सुपर ओभर पनि टाइ भएको थियो ।

यस्तै, इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा पन्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको खेलमा सुपर ओभर टाइ भएपछि दोस्रो सुपर ओभर भएको थियो ।