२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा महेन्द्र पथमा प्रदेशको नामाकरण गरियो: अध्यक्ष यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरित भएको आरोप लगाउनुभएको छ ।

बुधवार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आायेजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मधेस प्रदेश बाहेकको नाम संघीयता विपरित राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाउनु भयो । उहाँले पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै रहेको दाबी समेत गर्नुभयो । उहाँले संघीयता विपरित नामाकरण गरिएकाले नै कोश्ी प्रदेशको नाम जनताले अस्वीकार गरेको आोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै हो । अरु प्रदेशको नामाकरण राजा महेन्द्रको पथमा भएका छन् । कोशी नदीको नाममा कोशी अञ्चल, मेची नदीको नाममा मेची अञ्चल, महाकाली नदीको नाममा महाकाली अञ्चल । त्यही पथमा वागमती प्रदेश, गण्डकी नदीको नाममा गण्डकी प्रदेश, कोशी नदीको नाममा कोशी प्रदेश, कर्णालीको नाममा कर्णाली प्रदेश छन् । प्रदेशको नामाकरण संघीयताको विपरित भएको छ । कोशी प्रदेशका जनताले नाम अस्वीकार गरे । जनता सडकमा लडेर सहादत प्राप्त भए । पहिचानमा आधातिर संघीयताको सिद्धान्त विपरित नाम राखिएको छ । पहिचानको आधारमा नभएपछि कोशी प्रदेशका जनताले नाम अस्वीकार गरे ।’

अध्यक्ष यादवले मधेस प्रदेशको मुख्य चुनौति भ्रष्टाचार रहेको बताउनु भयो । उहाँले प्रदेशको समुन्नत विकासका लागि सुुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचार बिरुद्ध निर्मम भएर काम गर्न आग्रह गर्नुभयो ।