११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रारामा छ महिनामा छ हजार बढी पर्यटक

रारामा छ महिनामा छ हजार बढी पर्यटक
file photo
अ अ+ अ-

मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट एक सय ५६ गरी छ महिनामा छ हजार सात सय १३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन् ।

निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले चालु वर्षको छ महिनामा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुले सुखद लक्षण देखिएको बताउनुभयो । उहाँले आन्तरिक मात्रै छ हजार पाँच सय ५७ जना पर्यटक यहाँ आएका जानकारी दिनुभयो । दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका उहाँको भनाइ थियो ।

चालु आवको छ महिनामा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।

गत वर्ष एघार हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने पर्यटक आगमन बढ्ने देखिएको छ ।

निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति रू एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रू तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको अधिकृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।

पर्यटन व्यवसायीले सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन् । अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधनसमेत छैनन् । भरपर्दो सडक, सुविधा सम्पन्न होटल नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँ आउने गरेको व्यवसायी बताउँछन् ।

यस वर्ष जाडो याममा पनि यहाँ आउने पर्यटकको सङ्ख्या नघटेको घिमिरेले बताउनुभयो । विगतमा वर्षभरी आएकाभन्दा बढी पर्यटक चालु वर्षको छ महिनामा आएकाले वर्षको अन्त्यसम्ममा १५र१६ हजार पर्यटकले रारा अवलोकन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । हिमपात भएमा हिउँ खेल्ने पर्यटक आउँदा यो सङ्ख्या अझ बढ्ने निकुन्जले अनुमान गरेको छ ।

यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस आठ र बिहान तथा दिउँसो माइनस पाँचसम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर वास्मती रावलले जानकारी दिनुभयो । “यति चिसो हुँदा पनि पर्यटकको आगमन कम भएको छैन”, उहाँले भन्नुभयो । रासस