४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’

व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’
अ+ अ-

धुलिखेल । एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलास्थित पञ्चकन्या झरना यतिले यहाँ आउने सबैको आकर्षक गन्तव्य बनेको छ ।

पोखरीको पानीमा खेल्न पाइने मनोरमस्थल भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै बस्न चाहनेलाई आवास सुविधाका लागि रिसोर्ट बनेको छ ।

झरना जानका लागि सडकको स्तरोन्नति गरेसँगै स्थानीय विजय केसीले झरना नजिकै ‘पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट’ सञ्चालनमा ल्याएका छन् । पञ्चकन्या कृषि फार्मद्वारा सञ्चालित उक्त हाउसमा बैठक बस्नेदेखि आवास र ट्राउट माछासँगै विभिन्न स्थानीय कृषि उत्पादनका परिकारका स्वाद लिन पाइने सञ्चालकले बताउनुभयो ।

“यहाँ आउने पर्यटकलाई सुविधा प्रदान गर्नका लागि करिब एक करोड लागतमा रिसोर्ट सञ्चालनमा ल्याएको हुँ”, केसीले भन्नुभयो, “अब झरनामा क्यानोनिङ, पोखरीमा बोटिङ, रक क्ल्याइम्बीङ, बञ्जीजम्प लगायतका साहसिक खेलसमेत सञ्चालन गर्न सकेको खण्डमा यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ ।” चिसो पानीमा पर्यटक रम्नुका साथै ट्राउट माछाको लागि उपयुक्त ठाउँ भएकाले कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । उहाँका अनुसार यहाँ ३० जना सम्मको आवास व्यवस्थापन गर्न सकिने व्यवस्थित रिसोर्ट बनेको छ ।

झरनामा क्यानोनिङको लागि विज्ञ टोलीलाई ल्याएर अध्ययनसमेत गरिसकेको केसीले बताउनुभयो । रिसोर्टमा अरु दुई जनालाई राखेर सञ्चालन गरेसँगै अरु चार जनालाई रोजगारीसमेत दिइएको छ । यसअघि सो टाउँमा जानका लागि झाडी भएको, वियर तथा फोहर यत्रतत्र छरेको अवस्थामा रहेकामा अहिले रिसोर्ट सञ्चालनमा आएपछि हप्ताको एक पटक नियमित रुपमा सरसफाइ गर्दै आएको उहाँले बताउनुभयो ।

विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको यस ठाउँमा आजभोलि शनिबार र बिदाका दिन पर्यटक पुग्ने गरेका छन् । महाभारत लेकबाट बगेर आउने चिसो पानीको झरनामा रमाइलो गर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ घुम्न पुग्ने गरेका केसीले बताउनुभयो । हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानीसँगै मनोरञ्जन लिनका लागि ‘पञ्चकन्या झरना’ पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको उहाँको भनाइ थियो ।

झरना क्षेत्रमा पुगेपछि आनन्द मिल्ने भएकाले सबैको रोजाइ बन्दै गएपछि पछिल्लो समय त्यहाँसम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने काम भइरहेको पनौती–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले जानकारी दिनुभयो । मोटरबाटोको स्तरोन्नतिपछि पर्यटकको सङ्ख्या झन बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

पञ्चकन्या झरनाको नामले परिचित यस ठाउँमा पनौती–मल्पि–रोशी भूमेडाँडा हुँदै पुग्न सकिन्छ । आन्तरिक पर्यटकको आवागमन बढ्दै गएपछि करिब डेढवर्ष अगाडि वडा नं १२ ले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

शान्त ठाउँ, घनाजङ्गलको छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपर्ने भएकाले निकै रमाइलो र मनमोहक लाग्ने यहाँ आउनेहरु बताउँछन् । पहिला यहाँ आउनका लागि सानो गोरेटो बाटो मात्रै भएकाकाले गाउँलेलाई बजार आवतजावत गर्न समेत मुस्किल हुने गरेकामा बाटो स्तरोन्नति भएसँगै आवागमन सहज भएको स्थानीय बताउँछन् ।

झरनाकै कारण बाटो फराकिलो बनेपछि अब घर जानआउन सहज भएको स्थानीय सूर्यबहादुर गोले बताउनुभयो । “पहिला त सानो मान्छे हिँड्न मात्रै मिल्ने गोरेटो बाटो थियो । अहिले झरनासम्म जाने फराकिलो मोटरबाटो बन्दैछ”, उहाँले भन्नुभयो, “त्यहाँसम्म मात्रै भए पनि सहज बनेको छ । हाम्रो गाउँसम्म पुग्नको लागि त अझै उस्तै समस्या छ ।” गोलेको गाउँसम्म पुग्नका लागि करिब आधा घण्टाको बाटो अरु हिँड्नुपर्छ । यसअघि बाटोघाटोको सुविधा केही नभएकाले अधिकांश स्थानीय बासिन्दा बसाइँ सरिसकेका उहाँले बताउनुभयो ।

पनौती–१२ का वडाध्यक्ष खत्रीले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सङ्घीय सरकारको करिब रू एक करोड लागतमा मोटरबाटो स्तरोन्नतिको काम भइरहेको बताउनुभयो । पहिलो चरणमा अहिले ड्रेन बनाउने र वाल लगाउने काम भइरहेको भन्दै पछिल्लो समयमा त्यसलाई पक्की सडकको रुपमा विकास गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो । झरनाभन्दा केही तल व्यवस्थित खेल मैदान निर्माण गरिरहेको उहाँको भनाइ थियो ।

खेल मैदानसँगै मोटरबाटो सकेपछि पैदलयात्राको लागि ढुङ्गा विछ््याउने, खोलामा काठको पुल राख्ने र झरना नजिकै पाँचकन्या नागको प्रतिमा निर्माण गर्ने लक्ष्य रहेको खत्रीले जानकारी दिनुभयो । सो क्षेत्रको आस्थाको केन्द्र भएको ठाउँ जहाँ पाँचकन्याको बास रहेको भन्ने किम्बदन्ती छ । पञ्चकन्या देवीको बासस्थान भएको ठाउँसँगै भएको कारण पञ्चकन्या झरना नामाकरण गरेको स्थानीयवासीको भनाइ छ ।

झरना नजिकै रहेको सानो गुफामा पाँचकन्याको प्रतिकात्मक मूर्ति राखेर स्थानीयले पूजा गर्दै आएका छन् । बनेपा र पनौती बजारबाट नजिकैको दूरीमा रहेको सो झरना पर्यटकका लागि आकर्षक थलो बनेपनि रोशीको शिर आसपासमा क्रसर तथा ढुङ्गाखानी सञ्चालन हुनुका साथै टिपर बढी मात्रमा गुड्ने भएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने झरना अवलोकन गर्न आउने पर्यटक बताउँछन् । रासस