११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु

जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु
अ अ+ अ-

कर्णाली । हिमाली जिल्ला जुम्लामा हाइड्रोपोनिक चारा उत्पादन परीक्षण प्रविधि सुरु गरिएको छ । युएसएआईडीको आर्थिक तथा वाइन्ड पावर प्रालिको प्राविधिक सहयोगमा तिला गाउँपालिका–३ कुडारीमा महिलाद्वारा सञ्चालित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा यो प्रविधि सुरु गरिएको हो ।

वाइन्ड पावरले जुम्लामा गत पुसदेखि सुरु गरेको यो प्रविधिअन्तर्गत चिसोमा गाईवस्तुको आहारका लागि हाइड्रोपोनिक चारा उत्पादन लाभदायिक देखिएको छ । बेमौसमी समयमा गाईवस्तुलाई हरियो एवं पौष्टिक आहार दिएर दूध तथा मासुजन्य वस्तु उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले सुरु गरिएको यो प्रविधि जलवायु परिवर्तन अनुकूलनमा पनि सहयोगी रहेको वाइन्ड पावर प्रालि नेपालका निर्देशक कुशल गुरुङले जानकारी दिनुभयो ।

“वर्षमा पाँच महिनाभन्दा बढी हरियो आहारा नपाउने सुक्खा क्षेत्रका जिल्लामा पशुवस्तुको स्वास्थ्य र उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले परीक्षण प्रविधि सुरु गरिएको हो,” उहाँले भन्नुभयो, “उच्च प्रविधिको प्लास्टिक टनेलभित्र माटोरहित जमरा उत्पादन गरिन्छ ।” यस विषयमा सहकारीमा आबद्ध किसानलाई प्रालिले सैद्धान्तिक तालिम दिएकोे निर्देशक गुरुङको भनाइ थियो ।

प्रालिका व्यवस्थापक सिसन महर्जनले एक दिनमा ५० किलोग्राम हाइड्रोपोनिक चारा उत्पादन गर्न सकिने बताउनुभयो । “हाइड्रोपोनिक भनेको जमरा उत्पादन गर्ने प्रविधि हो । गाउँघरमा माटो हालेर जमरा उत्पादन गरिन्छ तर यो प्रविधिअनुसार बीउमा पानीमात्र हालिन्छ,” उहाँले भन्नुभयो, “यसरी उत्पादन हुने जमराको जरामा पोषक तत्व हुने भएकाले पशुवस्तुलाई जरैदेखि खुवाइन्छ ।”

हिमाली जिल्लामा हिउँदको समयमा पशुवस्तुका लागि पौष्टिक आहार उत्पादन गर्न परीक्षण प्रविधि सुरु गरिएको व्यवस्थापक महर्जनले बताउनुभयो । यो परीक्षण प्रविधि सफल भएमा अन्य हिमाली जिल्लामा विस्तार गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, “यो बाँसमा वा प्लास्टिक ट्रेमा अन्न भिजाई टनेलभित्र राखेर दुई हप्तामा उमार्न सकिन्छ । जौ र गहुँजस्ता अन्न उमारेर हाइड्रोपोनिक चारा उत्पादन गरिन्छ । यो प्रविधि किसान आफैँले गर्न सके अझ बढी लाभदायक हुने देखिन्छ ।”

हिमाली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक मुनिनाथ योगीले एक केजी बीउबाट पाँचदेखि छ केजीसम्म चरा उत्पादन गर्न सकिने बताउनुभयो । “उत्पादित चारा हामीले प्रतिकेजी रु ५५ मा बेच्न खोज्यौँ तर यहाँ अहिलेसम्म किसानले किनेर पशुवस्तुलाई खुवाउने संस्कार नभएकाले खपत गर्न समस्या भयो,” उहाँले भन्नुभयो ।

व्यवस्थापक योगीका अनुसार प्रालिले चारा उत्पादनका लागि आवश्यक समान र प्लास्टिक सहयोग गरेको छ । जौ र गहुँको बीउ सहकारी सदस्यहरुले जोहो गरेका छन् । रु एक हजार पाँच सयको ३० केजी बीउ संस्थाले किनिदिएको हो । जमरा बहुउपयोगी भएकाले यसबाट जुस निकाल्ने उपकरण र प्रशोधित जुस नेपाली बजारमा निर्यात गर्नका लागि सहयोगी संस्थालाई समन्वय गरिदिन उहाँले अनुरोध गर्नुभयो ।

युएसएआईडी कर्णाली जलपरियोजनाअन्तर्गत तिला जलाधार परियोजनाका जलाधार सल्लाहकार नरवीर ऐडीले हाइड्रोपोनिक चारा उत्पादन प्रविधि परीक्षण अवस्थामै रहेको बताउनुभयो । माटो नराखी बीउलाई पानीमा भिजाएर उत्पादन गर्ने प्रविधि सरल र छरितो नै देखिन्छ,” उहाँले भन्नुभयो, “मूलत: यसबाट उत्पादन हुने जमरा बहुउपयोगी छ जसलाई चाराका लागिमात्र प्रयोग नगरी जुस बनाएर बजारमा बेच्न सकिन्छ ।”

जमराको जुस ठूलो परिमाणमा उत्पादन हुन सक्ने भएमा स्थानीय बजारदेखि बाहिर पनि बेच्न सकिनेबारे सोच्न सकिने सल्लाहकार ऐडीको भनाइ थियो । यता तिला गाउँपालिका–३ कुडारी गाउँमा दुईवटा भैँसी पाल्दै आउनुभएका सहकारी सदस्य कल्पना हमालले चारा खुवाउँदा सुरुमा केही असर गरे पनि अहिले दूधमा सुधार आएको बताउनुभयो । पहिलो पटक भैँसीलाई यसरी हिउँदमा हरियो चारा खुवाइएकाले यसको वास्तविक परिणाम आउन एक/दुई महिना पर्खनुपर्ने उहाँको भनाइ थियो ।

हाल रु ६८ लाख ८६ हजार दुई सय ७८ सम्पत्ति रहेको सहकारी संस्थामा एक जनजाति, दुई सय १५ दलित, चार सय १३ अन्य सदस्य गरी छ सय १९ महिला आबद्ध छन् । सहकारी सदस्य गोरीकला कामी, बिजुली योगी, कल्पना हमाल, मञ्जु बोहोरा र संस्था बाहिरको किसाना रामबहादुर रावलले १०/१० केजी चारा उत्पादन गर्दै आउनुभएको छ । रासस