१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

यू-१९ विश्वकप: यस्तो छ नेपाल रहेको समूह ‘डी’

यू-१९ विश्वकप: यस्तो छ नेपाल रहेको समूह ‘डी’
अ अ+ अ-

एजेन्सी । । नेपालले दक्षिण अफ्रिकामा सुरु हुनलागेको आईसीसी यू-१९ विश्वकप खेल्दैछ । जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपका लागि सबै १६ टोली तयारी अवस्थामा छन् ।

नेपालले ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गरेको हो । नेपाल समूह ‘डी’ रहेको छ । नेपालसँगै समूह ‘डी’ मा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । यस समूहको पहिलो खेल जनवरी २० मा पाकिस्तान र अफगानिस्तानबीच हुनेछ ।

समूह ‘डी’ मा रहेका चार टोलीको बारेमा यस्तो छ :

नेपाल

नेपालले हालसम्म ७ पटक यू-१९ विश्वकप खेलेको छ । नेपालले २००६ को प्लेट च्याम्पियनसिप नै जितेको थियो । २००२ र २००८ मा प्लेट च्याम्पियनसिप फाइनलमा पुगेर हारेको थियो ।

नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरि सात पटक यू-१९ विश्वमा सहभागीता जनाइसकेको छ । दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप नेपालको आठौं सहभागीता हुनेछ ।

नेपालले यू-१९ विश्वकपमा ठूला टेष्ट राष्ट्रलाई समेत हराएको छ । नेपालले सन् २००२ मा पाकिस्तान, २००४ र २००६ मा दक्षिण अफ्रिका, २००६ र २०१६ मा न्युजिल्याण्डलाई हराएको थियो ।

नेपालले विश्वकप खेल्नुअघि डिसेम्बरमा भएको यू१९ एसिया कप खेलेको थियो । जसमा समुहमा परेका पाकिस्तान र अफगानिस्तान पनि सहभागि थिए । जसले गर्दा नेपाललाई अलि सहज हुने देखिएको छ । यस्तै, सिनियर टिमबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका देव खनाल र गुल्सन झाले टिमलाई अझै बलियो बनाउनेछन् ।

नेपालले समुहचरणको पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ । यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा खेल्नेछ ।

प्लेयर टू वाच: गुल्सन झा

सिनियर टोलीबाट खेलिसकेका गुल्सन झा नेपाली यू१९ टिमका लागि ठूलो सहयोगी हुन् सक्छन् । उनले नेपालको लागि हालसम्म २४ ओडिआई र १४ टी २०आई खेलिसकेका छन् । जसमा उनले ३३ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका गुल्सनले आफू गेमचेन्जर हुनसक्छन् र आफ्नो टीमलाई गाइड गर्न सक्छन् । विश्वकपअघि उनी राम्रो लयमा छन् । यू१९ एसिया कपमा उनले लगातार विकेट लिएका थिए । साथै उनले यू१९ टोलीको वार्मअप खेलमा स्कटल्याण्ड विरुद्ध १५ रन खर्चेर ३ विकेट लिएका थिए ।

नेपाली टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुबास भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द ।

पाकिस्तान

यू-१९ विश्वकपको इतिहासमा पाकिस्तान प्रतिस्पर्धात्मक टिमको रुपमा स्थापित भएको छ । पाकिस्तानले २००४ र २००६ मा लगातार दुई पटक यू-१९ विश्वकप जितेको छ । सन् १९८८ मा भएको पहिलो संस्करणको युथ विश्वकपमा भने पाकिस्तान फाइनल पुगेको थियो । सन् २०१४ पछि भने पाकिस्तान फाइनल पुगेको छैन ।

यू-१९ एसिया कपमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको थियो । जसमा पाकिस्तानले अफगानिस्तान, भारत र नेपाललाई हराएर सेमिफाइनल पुगेको थियो ।

यू-१९ विश्वकपमा पाकिस्तानले २० जनवरीमा अफगानिस्तानविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । २४ जनवरीमा नेपाल र २७ जनवरीमा न्युजिल्याण्डविरु्ध अन्तिम खेल खेल्नेछ ।

प्लेयर टू वाच: मोहम्मद जिशान

पाकिस्तानका १७ वर्षीय मोहमम्द जिशानले यू-१९ एसिया कपमा निकै नै चर्चा कमाएका थिए । उनले पहिलो खेलमा नेपाल विरुद्ध ६-१९ विकेट लिएका थिए । यस्तै भारत विरुद्ध ४-४६ को प्रदर्शन गरे ।

जिशानको पेस दक्षिण अफ्रिकाको बाउन्सी ट्रयाकमा महत्वपूर्ण हुन सक्छ । उनले गुड लेन्थमा बल फाल्नु विश्वकपमा सफल पाउनका लागि महत्वपूर्ण हुन सक्छ ।

पाकिस्तानको टोली

साद बेइग, अली अस्फान्ड, अली राजा, अहमद हसन, अमिर हसन, अर्फात मिन्हास, अजान अवाइस, हारुन अर्शद, खुबाइब खालील, मोहम्मद जिसान, नभिद अहमेद खान, शाहबाइव खान, शामील हुसेन, मुहम्मद रिअजुलल्ह, उबाइद शाह ।

अफगानिस्तान

यू-१९ विश्वकपमा अफगानिस्तान दुई पटकसम्म सेमिफाइनलमा पुगिसकेको छ । सन् २०१० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको अफगानिस्तानले त्यसयता उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सन् २०१८ मा अफगानिस्तानले पाकिस्तान र न्युजिल्याण्ड जस्ता टोलीलाई हराएर सेमिफाइनलसम्म पुगेको थियो ।

सन् २०२२ मा पनि श्रीलंकालाई हराउदै अफगानिस्तान सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा भने इंग्ल्याण्डसँग पराजित भयो ।

अफगानिस्तानले विश्वकपअघि बंगलादेश र श्रीलंका सम्मिलित त्रिकोणात्मक शृंखला खेलेको थियो । यस्तै, यू-१९ एसिया कप पनि खेलेको थियो । यसै जनवरीमा अफगानिस्तानले दक्षिण अफ्रिका र भारतसँग त्रिकोणात्मक शृंखला खेल्यो । जसले गर्दा टीममा आत्मविश्वास धेरै रहेको छ ।

यू-१९ विश्वकपमा अफगानिस्तानले २० जनवरीमा पाकिस्तानविरुद्ध पहिलो खेल खेल्नेछ । यस्तै, २३ जनवरीमा न्युजिल्याण्ड र २६ जनवरीमा नेपालसँग खेल्नेछ ।

प्लेयर टू वाच: अल्लाह मोहम्मद घजानफार

अफगानिस्तानका अल्लाह मोहम्मद घजानफार एक क्षमतावान युवा खेलाडी हुन् । उनलार्इ मुजिव उर रहमानसँग तुलना गर्ने गरिन्छ ।

उनले भर्खरै सम्पन्न दक्षिण अफ्रिका र भारतसहित त्रिकोणात्मक शृंखलामा सर्वाधिक १० विकेट लिएका थिए । अफगानिस्तानको घरेलु क्रिकेटमा खेलिसकेका घजानफारले यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

अफगानिस्तानको टिम:

नासीर खान (कप्तान), नुमान शाह, हसन इशाखिल, वाफिउल्लाह तराखिल, खालिद तानिवाल, अली अहमद नासर, जम्शिद जद्रान, सोहेल खान जुर्माटी, रहिमुल्लाह जुर्माटी, अल्लाह मोहम्मद घजानफार, अरब गुल मोमान्द, फरिदुन डावुदजाई, बसिर अहमद, खालिल अहमद, जाहसद अफगान।

रिजर्भ: वाहिदुल्लाह जदारन, नासिर हसन, उस्मान शिनवारी

न्युजिल्याण्ड

टेष्ट टोली न्युजिल्याण्डको यू-१९ विश्वकपमा राम्रो इतिहास रहेको छ । यद्यपी यस टीमले यू-१९ विश्वकपको उपाधि भने जित्न सकेको छैन ।

न्युजिल्याण्ड सन् १९९८ मा भएको दोस्रो संस्करणमा फाइनल र २०२० मा सेमिफाइनल पुगेको छ । टिमले यस पटक इस्ट एसिया प्यासिफिक क्वालिफायर खेलेको थियो । जहाँ ६ वटै खेल सहजै जित्दै यू-१९ विश्वकपमा छनोट भएको थियो ।

यू-१९ विश्वकपमा न्युजिल्याण्डले समूह चरणको पहिलो खेल २१ जनवरीमा नेपालविरुद्ध खेल्दैछ । यस्तै, २३ जनवरीमा अफगानिस्तान र २७ जनवरीमा पाकिस्तानविरुद्ध खेल्नेछ ।

प्लेयर टू वाच: ज्याक कमिङ

न्युजिल्याण्डका १८ वर्षीय ज्याक कमिङ घरेलु क्रिकेटमा राइजिङ स्टार बनिसकेका छन् । उनी न्युजिल्याण्ड क्रिकेट ए टुर्नामेन्टमा सर्वाधिक विकेटकर्ता बनेका थिए । इस्ट एसिया प्यासिफिक क्वालिफायरमा पनि उनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए । जसमा उनले १५२ रन बनाउनुका साथै १४ विकेट लिएका थिए ।

न्युजिल्याण्डको टोली:

ओस्कमर ज्याक्सन (कप्तान), मासोन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेकमात, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रोवे, एवाल्ड श्रेउडर, लाचलन स्टाकपोल, ओलिभर तेवातिया, एलेक्स थोम्पसन, राएन टीसोर्गास, लुक वाट्सन ।

रिजर्भ: बेन ब्रेइतमेयेर, निक ब्रावन, हेनरी क्रिस्टीई, रोबी फाउल्कस, जोस ओलिभर, अमोङ्ग पारान्पे ।