• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

एलेनको उत्कृष्ट शतकमा न्युजिल्यान्डले दुई खेल अगावै पाकिस्तानविरुद्ध सिरीज जित्यो



एजेन्सी । ओपनर फिन एलेनको विष्फोटक शतकीय इनिङमा न्युजिल्यान्डले दुई खेल अगावै पाकिस्तानविरुद्धको सिरीज जितेको छ । बुधबार भएको तेस्रो टि२० आई खेलमा पाकिस्तानलाई ४५ रनले हराउँदै न्युजिल्यान्डले सिरीज हात पारेको हो । यससँगै, पाँच खेलको सिरिजमा न्युजिल्यान्डले ३–० को अग्रता लिएको छ ।

जितको लागि २ सय २५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्भारीत २० ओभरमा ७ विकेट गुमाउँदै जम्मा १ सय ७९ रन बनायो । पाकिस्तानको लागि बाबर आजमले सर्वाधिक ५८ रन बनाए । उनले ३७ बलमा ८ चौका र १ छक्का प्रहार गरे । बाबरबाहेक अन्य कुनैपनि पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर समै अयुब १०, मोहम्मद रिजवान २४, फखार जमान १९, मोहम्मद नवाज २८ र आजम खान १० रनमा आउट भए ।

बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिँदा म्याट हेनरी, लोकी फर्गुसन, मिचेल सान्टनार र ईश सोधीले १–१ विकेट लिए ।

त्यअसघि डुनेडिनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धाारित २० ओभरमा ७ को क्षतीमा २ सय २४ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर फिन एलेनले १ सय ३७ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । उनले ६२ बलमा ५ चौका र १६ छक्का हिर्काए । उनको यो टि२० आई करिअरको दोस्रो शतक हो । यससँष्ै उनले टि२० आईमा एकै खेलमा सर्वाधिक छक्का हान्ने विश्व कीर्तिमान बराबर गरेका छन् । यसअघि अफगानिस्तानका ओपनर हज्रातुल्लाह जजाईले २०१९ मा आयरल्यान्डविरुद्ध १६ छक्का प्रहार गरेका थिए ।

यस्तै, टिम सिफर्ट ३१, ग्लेन फिलिप्स १९ र डेभन कन्वे ७ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले २ विकेट लिए । शाहिन शाह अफ्रिदी, जमान खान, मोहम्मद नवाज र मोेहम्मद वासिमले १(१ विकेट लिए ।

अव चौथो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।