११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

धनुषास्थित भारतीय सीमाक्षेत्रका पुल निर्माणमा भइरहेका अवरोध हटाउन छलफल

धनुषास्थित भारतीय सीमाक्षेत्रका पुल निर्माणमा भइरहेका अवरोध हटाउन छलफल
अ अ+ अ-

जनकपुरधाम । धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा मङ्गलबार छलफल भएको हो ।

छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिए पनि सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले दुवै देशका जनतालाई आवातजावतमा सहजताका लागि दुवैतर्फ सडक बने पनि वर्षौँदेखि पुल निर्माण हुननसकेकाले यो विषय जनप्रतिनिधिको चासोको विषय बन्नुपर्छ भन्नुभयो । “दश वर्षअघि म भौतिक पूर्वाधारमन्त्री भएका बेला यहाँ सीमाक्षेत्रमा चारवटा पुल निर्माणका लागि शिलान्यास गरिएका थिए । केही काम भएको छ । तर एसएसबीले ‘नो म्यान्स ल्याड’मा संरचना बन्न नदिने माथिको निर्देशन भन्दै अवरोध गरिरहेको छ”,नेता निधिले भन्नुभयो, “यसरी अवरोध गर्ने हो भने त नेपाल–भारत सीमाक्षेत्रका कुनै पनि पुल बन्ने अवस्था रहँदैन र बाँकी पुल किन र कसरी बने भन्ने प्रश्न आउँछ । ‘नो म्यान्स ल्याड’मा पुल नबने दुई देशका जनतालाई कसरी जोड्ने रु त्यसैले दुवैतर्फ सडक बन्ने तर पुल नबन्ने अवस्थाले सीमाक्षेत्रमा बसोबास गर्ने दुवै देशका जनता समस्यामा छन् । यो अवरोध हटाउन भारतीय जनता पार्टीको नेता र सांसदका हैसियतले तपाईँ ९निषाद०ले पनि पहल गर्नुपर्छ ।” नेता निधिले आफूहरू नेपालको मात्र नभई सीमावर्ती भारतीय जनताको भावना पनि सुनाउन आएको बताउनुभएको थियो ।

छलफलमा भारतीय जनता पार्टीका नेता एवं सांसद निषादले पुल निर्माणमा भारतीय पक्षबाट भएको अवरोध समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहमार्फत सीमा सुरक्षा बल ९एसएसबी०का अधिकारीसँग कुरा गरेर समस्या समाधान गर्ने जानकारी दिनुभयोे ।

“नेपाल भारतको सम्बन्ध र दुवै देशका नागरिकलाई जोड्नका सीमा वा पुल अवरोध बन्नु हुँदैन । तर पनि केही समस्या छन् । निधिजीले भनेको पुलका समस्याबारे भारततर्फका अधिकारी र पत्रकारसँग पनि बुझेको छु”, सांसद निषादले भन्नुभयो, “यो गृह मन्त्रालयसँग सम्बन्धित विषय भएकाले म हाम्रो पार्टीका नेता एवं गृहमन्त्री अमित साहजीसँग व्यक्तिगरूपमै कुरा गर्छु । पुलको विषय धेरै ठूलो समस्या होजस्तो लाग्दैन । समाधानको पहल हुन्छ ।”

नेता निधिसँगै नेपालबाट नगराइन नगरपालिका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सडक डिभिजन कार्यालय जनकपुधामका प्रमुख सिनियर डिभिजनल इन्जिनियर अरुणकुमार लाल कर्णलगायत प्राविधिक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

यहाँ नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई छ लेन सडकअनुसार स्तरोन्नति, नगराइन –६ लगमालाई भारतको लहरनियासँग जोड्ने झोलुङ्गे पुल, मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ स्थित जमुनी नदीको अखरहैर घाट र सोही पालिकाको वडा नं ५ बैरियाटोलस्थित थल्हीघाटस्थित निर्माणाधीन पुलमा भारतीय सुरक्षा बलबाट अवरोध भइरहेको जनगुनासो छ ।

डिभिजन सडक कार्यालय जनकपुरका प्रमुख इन्जिनियर कर्णले उल्लेखित चारवटै पुल निर्माणका लागि आधाभन्दा बढी काम भइसके पनि पुलले आफ्नो भूमि छोएको भन्दै भारतीय पक्षले अवरोध गरेका कारण समस्या भएको बताउनुभयो । अब उच्चस्तरबाट पहल भएमा मात्रै पुलको अवरोध हट्नसक्ने उहाँको भनाइ छ । रासस