८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार

लोप हुँदै दरबारमा खाइने लेउ

लोप हुँदै दरबारमा खाइने लेउ
अ+ अ-

लेउमा लागे लडिन्छ, छेउ लागे अडिन्छ । लेउबारेको सामान्य बुुझाइ यस्तै छ । तर लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा महाराजाको खान्की बन्छ भन्ने कमैलाई थाहा होला ।

काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ साँच्चिकै स्वादिलो हुने भएकाले दरबार र पाँचतारे होटलसम्म पुग्ने गरेको छ ।

कात्तिकदेखि फागुनसम्मका पाँच महिनासम्म घाम लाग्ने सफा उच्च प्रवाहमा बग्ने पानीको ढुङ्गामा टाँसिएर रहने सिमाली त्यही लेउ हो । असला माछाको जस्तै स्वाद हुने यो लेउ एक हजार पाँच सयदेखि दुई हजार मिटर उचाइका खोलामा पाइन्छ । नेपालमा ९९८ प्रकारका लेउ पाइन्छन् ।

खोलाको ढुङ्गामा टाँसिएर रहेको लेउलाई स्थानीयले सङ्कलन गरी बिस्कुन सुकाउने मान्द्रामा राखेर करिब आठ इन्चको वर्गाकार पापड बनाउने गर्छन् । पापडलाई राम्रोसँग घाममा सुकाएर भण्डारण गर्छन् । रुचि र स्वाद अनुसार फरक फरकका परिकार बनाएर खान्छन् ।

स्थानीयले घरायसी प्रयोजनसँगै सिमाली लेउलाई आयआर्जनको वस्तुुका रूपमा पनि कारोबार गर्छन् । वनस्पतिविद् डा। मोहनलाल वनर्जीले सन् १९५५ मा जर्नल अफ द बम्बे नेचुरल हिस्ट्री सोसाइटीमा प्रकाशित लेखमा सिमाली इन्द्रचोकको बजारमा पाइने उल्लेख गरिएको थियो । त्यसैलाई पछ्याउँदै ६२ वर्षपछि सन् २०१७ मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा त्यसको अनुसन्धान सुरु भएको छ । तर यो अहिले लोप हुने अवस्थामा पुगेको छ ।

पनौती पर्यटन केन्द्रका अध्यक्षसमेत रहनुभएका पुरुषोत्तम कर्माचार्य असला माछा लोप हुने अवस्थामा पुगेसँगै सिमाली पनि लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले असला माछाको मुख्य आहार नै सिमाली रहेकाले त्यसको स्वाद असला माछाको जस्तै रहेको बताउनुभयो ।

आफूले किराना पसल सञ्चालन गर्दा हिउँदमा सिमाली ल्याएर बेच्ने गरेको, स्थानीय धेरै रहने गरे पनि अहिले भने सिमाली पाउन नै मुस्किल पर्न थालेको उल्लेख गर्नुभयो ।

“विसं २०५५ सालसम्म स्थानीय मास्के धउ बाज्याले त राणा र राजाको दरबारसम्म सिमाली लगेर बेच्ने गर्नुहुन्थ्यो । उहाँको निधनपछि पनौतीबाट सिमाली दरबारमा जान छाडेको हो,” कर्माचार्यले बताउनुभयो ।

वनस्पति विभाग प्रयोगशाला ललितपुरले गरेको अध्ययन अनुसार सिमालीमा प्रोटिन, कार्बोहाइड्रेट, बोसो, रेसा, क्षार र फलामको तìव पाइन्छ । तिहारमा सो क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइलाई तेलमा तारेर पापड बनाए जस्तै गरी बनाएर दिने प्रचलन पनि विद्यमान छ । तथापि सिमालीको संरक्षण र प्रवर्धनमा स्थानीय तहले पनि खासै चासो र चिन्ता भने गरेको देखिँदैन ।

सङ्कटमा पर्दै गएको लेउले संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष योजना ल्याउन ढिला गर्न नहुने पर्यटन केन्द्रका अध्यक्ष कर्माचार्यले उल्लेख गर्नुभयो ।

पानीमा बढिरहेको प्रदूूषण नै सिमाली लोप हुने अवस्थामा पुग्नुको प्रमुख कारण हो । सिमाली पाइने क्षेत्रमा व्रmसर उद्योग स्थापना भएसँगै पानी धमिलो हुन थालेपछि सिमालीको अस्तित्व नै मेटिने अवस्थामा पुगेको हो ।

पनौतीका स्थानीय विवेक भट्टराईले ढुङ्गाखानीका कारण रोसीको पानी प्रदूषित हुँदै जाँदा सिमाली लेउ सङ्कटमा पर्दै गएको बताउनुभयो । वनस्पति विभागले २०७७ सालमै गरेको एक अध्ययनले पनि खानीबाट ढुङ्गा निकाल्दा पानी धमिलो हुनेलगायतका समस्याले परम्परागत लेउ हराउँदै गएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

विशिष्ट मौलिक वातावरणमा मात्रै हुने भएकाले सानो अवरोधले पनि सिमली लेउको वासस्थान हराउँदै गएकोमा स्थानीय भने चिन्तामा छन् । स्थानीय ज्येष्ठ नागरिक विकुनारायण ताम्राकार स्वास्थ्यवर्धक सिमालीको संरक्षणमा योजना ल्याउन ढिला गर्न नहुनेमा जोड दिनुभयो । बेथानचोक ढुङ्खर्कका बद्री तिमल्सिना खोलामा माछा मार्न प्रयोग हुने रसायन, कृषिजन्य र घरेलु फोहोरले पानी प्रदूषित हुँदा पनि लेउ सङ्कटमा परेको बताउनुभयो । गोरखापत्र दैनिक