११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडेका ५ जना पक्राउ



अ+ अ-

कास्की । पोखरा महानगरपालिका-१ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने मकवानपुर बकैया गाँउपालिका-१ आहालडाँडा घर भएका छिरिङ भन्ने ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेका छन् ।

उक्त स्थानमा लामा पोसाकमा टाशी छोग्याल गुम्बा गजुरा नगरपालिका-२ कटानी रौतहटको रसिद लिई अबैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चन्दा बापत उठाएको रकम ४२ हजार ४ सय ९१ रुपैयाँ, रसिद ठेली, बिभिन्न फाईल तथा रजिष्टरहरु र फोटो समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।