• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

चितवनमा दश महिनापछि देखियो कोरोना



चितवन । चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

निमोनियाका कारण उपचारका लागि अस्पताल आउनुभएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टी भएपछि उहाँलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उहाँको भनाइ छ ।

जिल्लामा १० महिनापछि पुन: कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ । रासस