११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रदीपको आशंका: फिल्मलाई सञ्चार मन्त्रालयअन्तर्गत राख्दा प्रपोगाण्डाको रुपमा मात्रै हेरिएको त छैन

प्रदीपको आशंका: फिल्मलाई सञ्चार मन्त्रालयअन्तर्गत राख्दा प्रपोगाण्डाको रुपमा मात्रै हेरिएको त छैन
अ अ+ अ-

अभिनेता प्रदीप खड्काले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्ग चलचित्र विकास बोर्ड हुँदा प्रपोगाण्डाको विषयका रुपमा मात्रै हेरिनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फिल्म सञ्चार मन्त्रालय अन्तर्गत राख्दा आफूलाई चलचित्र कम्युनिकेसनको माध्यम बढी हो वा संस्कृति तथा पर्यटनको क्षेत्र बढी हो भन्ने उत्सुकता रहेको बताउनु भयो । उहाँले प्रचारको लागि चलचित्रको भुमिका महत्वपूर्ण रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चलचित्रले प्रचारको एकदमै ठूलो भुमिका खेलेको छ । पर्यटन प्रवद्र्धनका लागि पनि यसले धेरै नै काम गरेको छ । तर फिल्म सञ्चार मन्त्रालय अन्तर्गत गएर बसेको छ । कम्युनिकेसनको माध्यम बढी हो वा कल्चरको हो वा पर्यटनको हो यसमा उत्सुकता बढी भएको छ मलाई । नेपालमा हामी फिल्मलाई किन आकर्षित गरिरहेका छैनौँ ? किन मेकिङ, फिल्म टुरिजमको विशेषतालाई वा महत्वलाई किन बुझिरहेका छैनौँ । वा फिल्मलाई कल्चरको पाटो हो भनेर किन प्रवद्र्धन गर्न सकिरहेका छैनौँ । सञ्चार मन्त्रालयअन्तर्ग बोर्ड हुँदा के थाहा यसलाई प्रोपोगाण्डाको विषयका रुपमा मात्रै हेरिएको छ की ?’

अभिनेता खड्काले नेपालमा चलचित्र छायांकनका लागि विदेशीहरुलाई आकर्षित गर्न नसकिएको बताउनु भयो ।