२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चलचित्रमा विदेशी लगानी ल्याउने पहल भइरहेको छ: भुवन केसी



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनसके अझ धेरै रकममा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुले प्रतिष्पर्धा गर्नसक्ने बताउनु भयो । उहाँले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भएपनि आफूहरुले अहिले पहल गरिरहेको बताउनु भयो । चलचत्रि निर्माणका लागि आवश्यक सामग्रीहरु ल्याउने वातावरण नरहेको उहाँको गुनासो रहेको छ ।

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने हामीले अझ धेरै रकममा इन्टरनेशनल लेभलमा हाम्रो देशका फिल्महरुले प्रतिष्पर्धा गर्न सक्छन् । विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन । त्यसको लागि पहल गरिरहेका छौँ । शतप्रतिशत लगानी गर्न नपाएपनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौँ । चलचत्रि निर्माणका लागि आवश्यक इक्क्वीपमेण्ट हामी ल्याउन सक्दैनौँ । त्यो वातावरण छैन । एउटा स्टुडियो छैन हामीसँग । अब चाँडै नै काभ्रेमा स्टुडियो बन्ने सम्भावना छ । सबैभन्दा ठूलो कुरा चलचित्रको नीति हो । हामीसँग मैले अभिनय थाल्नु भन्दा अघिको ऐनमा चलिरहेका छाँै ।’

अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भएपनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।