८ भाद्र २०८३, सोमबार
,
Latest
छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट: दीपेन्द्र र अर्जुनको राम्रो ब्याटिङमा पुलिसको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । यो पुलिसको लगातार दोस्रो जित हो भने कोशीले तेस्रो हार बटुल्यो।

जितको लागि १ सय ६७ रनको मध्यम विजयी लक्ष्य पाएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउदले अर्धशतक बनाए । उनी ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहे ।

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ३८ रनमा नट आउट रहँदा दीलिप नाथले ३१, कुशल भुर्तेल १२ र सुनिल धमलाले १६ रन बनाए ।

कोशीको लागि कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट ढाँले ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनाएको थियो । कोशीको लागि सुजन थपलियाले सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । थपलियाले १ सय २६ बलमा ६ चौका र ८ छक्कासहित १ सय ५ रन बनाए ।

सुजन बाहेक कोशीका अन्य कुनै ब्याटरले राम्रो खेल्न सकेनन् । ३७–२ को अवस्थाबाट लगातार विकेट गुमाउँदा कोशी २४.३ ओभरमा ६४–७ को अवस्थामा पुगेको थियो । त्यसपछि अभ्यास तिमिशिनाले आठौं विकेटका लागि सुजनसँग ९९ रनको साझेदारी गरेका थिए । अभ्यासले २३ रन बनाए । अंकित सुवेदी १०, मिनाश थापा २ र फिर्दोस अन्सारी ९ रनमा आउट भए ।

पुलिसको लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिदा कुशल भुर्तेल, सागर ढकाल र राशिद खानले १–१ विकेट लिए ।

कोशीले बिहीबार आर्मीसँग र पुलिसले आइतबार भैरहवामा गएर आर्मीसँग खेल्नेछ ।