५ मंसिर २०८१, बुधबार
,
Latest
वायुसेवा कम्पनीहरूलाई पर्यटन मन्त्रीको निर्देशनः चौबिस घण्टाभित्र भाडादर बुझाउनु हवाई इन्धन डिपो स्थानान्तरणको डिपिआर बनाउन निगम र पुल्चोक क्याम्पसबीच सम्झौता शान्ति सम्झौताका १८ वर्ष – दमननाथ र पद्मरत्नलाई सम्झँदा कम्युनिष्ट आन्दोलनको गम्भिर समिक्षा गर्ने बेला आएको छः प्रकाण्ड अन्तर वडा टेबलटेनिसको मुख्य प्रायोजकमा खड्गी विश्व च्याम्पियनसिपका लागि ढुक्क भएर तयारी थाल्नुस्–सदस्य सचिव घिसिङ वैकल्पिक राजमार्ग निर्माण गर्न आवश्यकः भौतिकमन्त्री दाहाल अलराउन्डर वरीयतामा हार्दिक पाण्ड्या शीर्षस्थानमा, दिपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरको मेयरमा २० जना भिड्ने (नामसहित) काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउण्डेड’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ ।

जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो ।

ग्राउण्डेड जहाजको अहिले प्राविधिक मर्मत भइरहेको छ । रोकिएका यात्रुलाई आज साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने उहाँले जानकारी दिनुभयो । “हिजो राति दोहा उडानका यात्रु जहाजमा प्राविधिक समस्याका कारण रोकिएका थिए । यात्रुहरुलाई आज साँझ ७:४५ बजेको उडानमार्फत गन्तव्य लैजाने तयारी गरिएको छ । यात्रुलाई दिउँसो ४ बजे विमानस्थलको समय दिइएको छ”, प्रवक्ता पौडेलले भन्नुभयो ।

निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये एक न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । निगमको जहाजमा पटक–पटक प्राविधिक समस्या आउँदा उडान प्रभावित हुने गरेको छ । अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज छन् । काठमाडौँबाट दोहा उडानको तयारीमा रहेका दुई सय ७६ यात्रुलाई राति होटेलमा राखेको थियो ।रासस